काठमाडौं
नवनियुक्त कृषि मन्त्री घनश्याम भुसालले सिंहदरबारस्थित मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका छन्।
राष्ट्रपतिको कार्यालय शित्तल निवासमा पद तथा गोपनीयतको सपथ लिएपछि तत्कालै मन्त्रालय पुगेका उनले
यस्तो बताएका हुन्। पदभार ग्रहण गरेपछि बोल्दै उनले सिक्ने कुरा धेरै भएकाले सिक्दै जाने उल्लेख गरे।
‘लोभ र डरले प्रभावित हुन्न’, उनले भने, ‘अरु सिक्ने कुरा सिक्छु। उनले पदभार ग्रहण गर्ने क्रममा
निवर्तमान कृषिमन्त्री चक्रपाणि खनाल पनि मन्त्रालय पुगेका थिए। त्यसक्रममा भुसालले खनाललाई सम्बोधन गर्दै
आफू भन्दा अग्रजबाट धेरै कुरा सिक्ने बताए । ‘तपाईंको कार्यकालको जस अपजस म लिन तयार छु’, उनले भने,
‘तपाईंले गरेका कामको अनुशरण गर्दै अघि बढ्नेछु।’