प्रविण गाहा
बुटवल, ५ मंसिर ।
समाजसेवी एवं पुर्व जनप्रतिनिधी होमबहादुर गाहाको निधन भएको छ ।
साविक जुभूङ्ग गाविस वडा नं. ६ गुल्मीका वडा अध्यक्ष गाहाको बुधवार राती तिलोत्तमा–८, चार नम्वरमा
आफ्नै निवासमा निधन भएको हो । राजनीति संगै समाजसेवामा सक्रिय गाहा केही वर्षयता
मृगौलामा समस्या आएपछि थलिनु भएको थियो ।
बेलायती सेनाबाट अवकाश प्राप्त गाहाले आफ्नो वडाको विकास संगै समाजका विकृती हटाउन समेत
विशेष भुमिका निभाउनु भएको थियो । उहांको अगुवाईमा स्थानीयले ५२ दिन जनश्रमदान गरी हटिया देखि
टङलाजी हुदै घुर्मी पुग्ने मोटरवाटो निर्माण गरेका थिए । साथै बौद्ध समाज सुधार युवा क्लवको संस्थापक
अध्यक्ष समेत रहेका गाहाले मगर समुदायको मृत्युसंस्कारमा मदिरा निषेधको अभियान चलाउनु भएको थियो ।
उहांको बिहीवार मगर संस्कार अनुसार योगीकुटी स्थीत मगरघाटमा अन्तिम संस्कार गरिएको छ ।
घाटमा नेकपा, नेपाल मगर संघ तिलोत्तमा, जुभूङ्ग रुपन्देही सम्पर्क समाजले श्रद्दाञ्जली सभा गरेका थिए ।
सभामा नेकपा गुल्मीका नेता बालकृष्ण काउछाले उहांको योगदानको चर्चा गर्नु भएको थियो ।
त्यसैगरी सम्पर्क समाजका अध्यक्ष रामप्रसाद गौतम र सचिव मनोज खड्काले समाजसेवी गाहाले
समाजसेवामा पुयाएको योगदानको चर्चा गर्नु भएको थियो ।
उहांको श्रीमती, चार छोरा र दुई छोरी हुनुहुन्छ ।