मंसिर ६
रानिबास गुल्मी
श्रृङ्गेश्वर बहुमुखी क्याम्पस रुरुक्षेत्र गाँउपालिका रानिबास गुल्मीको १९ औ बर्षिक उत्सब तथा
चौथो क्याम्पस सभा अबिवेशनको खुल्ला सत्र सकिएको छ ।
खुल्ला सत्रको अध्यक्षता क्याम्पसका अध्यक्ष चक्रपाणी गौतमले गर्नु भएको थियो, अध्यक्ष गौतमले क्याम्पस लाई बिभिन्न क्षेत्रबाट सहयोग गर्ने सबैलाई धन्यबाद ज्ञापन गर्नु भएको थियो ।
कार्यक्रमा प्रमुख अतिथी प्रदेश सांसद एवम बिशेषाधिकार समिति संयोजक कमलराज श्रेष्ठले क्याम्पसले ठोस योजना बनाएर अगाडी बढ्नु पर्ने बताउदै,निकट भबिश्यमा प्रादेशिक बिश्व बिध्यालयको आंगिक क्याम्पसको रुपमा श्रृङ्गेश्वर बहुमुखी क्याम्पस लाई लैजाने बताउनु भयो ।
बिशेष अतिथी गाँउपालिका अध्यक्ष निलकण्ठ गौतमले क्याम्पसको शैक्षिक गुणस्तर बृद्धि गर्न सुझाउदै,प्राध्यापक हरुले न्युन पारिश्रमिकमा काम गर्नु भएको बौद्धिक शोषण नभई बौद्धिक योगदान भएको बताउनु भयो ।
समारोहमा क्याम्पस प्रमुख शोभाकर पन्तले प्रगति प्रतिवेदन र लेखापाल प्रकाश थापाले अर्थिक प्रतिबेदन सार्वजनिक गर्नु भएको थियो । कार्यक्रममा समाजसेबीहरु भिम पौड्याल, देवनारायण ज्ञवाली, पुर्व प्राध्यापक ऋषिराम ज्ञवाली, रिडी माबिका प्रअ रोहित भण्डारी, स्वबियु सभापती बिसन पाण्डेय, बिध्यार्थी संगिता कडेल, लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो । कार्यक्रममा सहायक क्याम्पस प्रमुख रमेश ज्ञवालीले स्वागत गर्नु भएको थियो । कार्यक्रम प्राध्यापक राम श्रेष्ठले संचालन गर्नु भएको थियो । सोहि अवसरमा क्याम्पस लाई बिभिन्न क्षेत्रबाट सहयोग गर्ने ब्यक्ति, उत्कृष्ठ बिध्यार्थी, प्राध्यापकलाई सम्मान गरिएको थियो । नयाँ नृतृत्व चयन गर्दै अधिवेसन सम्पन्न हुनेछ ।