टोपलाल अर्याल
गुल्मी
गुल्मी चेम्बर अफ कमर्सको प्रथम अधिवेशनबाट अध्यक्ष पदमा युवराज न्यौपाने निर्वाचित भएका छन् ।
बरिष्ठ उपाध्यक्षमा वीरेन्द्र भुसाल, उपाध्यक्षमा रेमलाल पाण्डेय शुसिला निर्वाचित भएका छन् । त्यस्तै महासचिवमा
कृष्ण प्रसाद भण्डारी, सचिवमा राम प्रसाद पन्थी, हरिलाल न्यौपाने, खडग प्रसाद श्रेष्ठ, कोषाध्यक्षमा दुर्गाचन्द्र बोहोरा,
सह–कोषाध्यक्षमा रामु सुनार चुनिएको निर्वाचन अधिकृत गोपाल प्रसाद खनालले बताए । अधिवेशनमा दुई सय ५०
प्रतिनिधी सहभागी थिए ।
दुई तिहाईले दुख दियो : श्रेष्ठ
गुल्मी चेम्बर अफ कमर्सको प्रथम जिल्ला अधिवेशनको उद्घाटन गर्दै चेम्बर अफ कमर्सका केन्द्रीय अध्यक्ष राजेशकाजी श्रेष्ठले
दुई तिहाई सरकारबाट निजि क्षेत्र खुशी हुन नसकेको बताए । सबै नेपालीले अझै नागरिकता लिन नसकेको अवस्थामा पानबाट
व्यापार गर्न लगाएर सरकारले अंकुश लगाएको उनले गुनासो गरे ।
‘पान, कर र भन्सारबाट व्यावसायी मारमा परेका छन्,’ उनले भने, ‘कर तिर्ने र लिने दुवैलाई खुशी गराउन
अहिलेको सरकारले सकेन ।’