अनिल खत्री
८ मंसिर,
गुल्मी ।
नेपाल मागर संघ जिल्ला समन्वय समिति गुल्मीको अध्यक्षमा रनमाया पुन चयन भएकी छन् ।
जिल्लाको सदरमुकाम तम्घासमा सम्पन्न आठौं अबिधेशनले पुनको अध्यक्षतामा २५ सदस्यि
जिल्ला समन्वय समिति गुल्मी चयन गरेको हो ।
जसको उपाध्यक्ष होम पल्ली, सचिव लालबहादुर राना, सह–सचिव शेरबहादुर सर्तुगी, कोषाध्यक्ष भोलासिंह सिंजाली रहेका छन् ।
अबिधेशनमा नेपाल मगर संघका केन्द्रिय महा सचिव ज्ञानेन्द्र पुन, जिल्ला सल्लाहकार बालिसिंह काउछ, प्रदेश अध्यक्ष बिमल सारु लगायतको सहभागिता रहेको थियो ।