मंसिर ९,
२०७६ काठमाडौं
कृषि मन्त्री घनश्याम भुसाल सोमबार संघीय संसद अन्तरगतको कृषि समितिमा उपस्थित भएका छन्।
बीउ बिजन (दोस्रो संशोधन) विधेयक–२०७५ सम्बन्धमा सांसदहरुसँग छलफल गर्न मन्त्री भुसाल सोमबार बिहान
समितिमा उपस्थित भएका हुन्।
समितिमा उपस्थित भएर करिब २ मिनेट बोलेका उनले बीउ बिजन ऐन संशोधन गर्ने विधेयक संघीयता संरचना अनुसारको संरचना तयार गर्नका लागि ल्याइएको बताए । ‘नयाँ प्रविधि अनुसार अघि बढाउनका लागि यो विधेयकको जरुरी थियो’, उनले भने, ‘यो पुरानो ऐनलाई दोस्रो पटक संशोधन गर्न लागिएको छ। यसमा समितिले जे गर्छ, त्यो अनुसार हामी जान्छौँ।’ पहिलो पटक समितिमा उपस्थित भुसाललाई सांसदहरुले अनेकन प्रश्न गरेका थिए। सांसदहरुले कार्यकाल सफलताको शुभकामनासँगै भद्रगोल रहेको कृषि क्षेत्रको सुधारमा मन्त्री भुसालले धेरै मेहनत गर्नुपर्ने बताएका थिए।