अनिल खत्री
१४ मंसिर, गुल्मी
गुल्मीमा गाउँपालिकाको वडाअध्यक्ष पदका लागि भएको मतदानमा अहिले अपरान्ह ४ बजेसम्म ७० प्रतिशत मत खसेको छ । जिल्लाको रुरु क्षेत्र गाउँपालिका वडानम्बर ६ को वडाअध्यक्ष पदको लागि निर्वाचन भएको छ । कुन मतदाता २ हजार ४८ मध्ये दिउँसो अपरान्न ४ बजेसम्म १४ सय ७३ मत खसेको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ ।
रुरु क्षेत्र गाउँपालिका ६ रिमुवामा ०७४ साल असारमा भएको स्थानीय तहको निर्वाचनमा तत्कालीन नेकपा एमालेवाट निर्वाचित वडा अध्यक्ष पुर्ण बहादुर रेगामीको निधन भएपछि उपनिर्वाचन भएको हो । वडा अध्यक्ष पदका लागि ३ जना उम्मेदवारले चुनावी मैदानमा छन् ।
निर्वाचनमा नेकपा र नेपाली काँग्रेस र १ जना स्वतन्त्र उम्मेदवार रहेको मुख्य निर्वाचन कार्यालयले जनाएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले गिरिप्रसाद सिंजाली र नेपाली काँग्रेसबाट बेदप्रसाद दर्लामी चुनावी मैदानमा छन् ।
त्यस्तै सोहि वडाको वडा अध्यक्ष पदका लागि मनबहादुर दर्लामीले स्वतन्त्र उम्मेदर रहेका छन् । अध्यक्ष पदका लागि बिहानै देखि मतदाताले मतदान गरिरहेका छन् । निर्वाचनको लागि १ मतदान केन्द्र र २ स्थल तोकिएको मुख्य निर्वाचनको कार्यालय गुल्मीले जनाएको छ ।
जसको लागि २ जना मतदान अधिकृत, ४ जना सहायक मतदान अधिकृत ८ स्वयमसेवक, २ जना सहयोगी गरि १६ जना कर्मचारी बिहिवाट मतदान स्थलमा खटिएका छन् । मतदानको लागि बिहान ७ बजेबाट बेलुकी ५ बजेसम्म मतदान गर्न पाउने छन् ।
मतदान पश्चात मतपेटीका मुख्य निर्वाचन अधिकृतको कार्यालय रुरुक्षेत्र गाउँपालिकाको बलेटक्सारमा संकल गरेर शनिबार बेलुकीबाटै मतगणना हुने जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ । निर्वाचनको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाको अनुसार मतदान स्थलको सुरक्षा को लागि नेपाल प्रहरी, शसस्त्र र नेपाली सेना खटिएका छन् । निर्वाचनको लागि वडा भित्र पुग्ने ४ स्थानका नाका शुक्रवार रातिबाट बन्द गरिएको थियो ।