अनिल खत्री
१४ मंसिर, गुल्मी – गुल्मीमा गाउँपालिकाको वडाअध्यक्ष पदका लागि भएको मतदानमा ७५ दशमलव ३९ प्रतिशत मत खसेको छ ।
जिल्लाको रुरु क्षेत्र गाउँपालिका वडानम्बर ६ को वडाअध्यक्ष पदको लागि निर्वाचन भएको थियो । कुन मतदाता २ हजार ४८ मध्ये १५ सय ४४ मत खसेको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ । जसमध्ये महिला ८सय ७६ र पुरुष ६सय ६८ रहेका छन् । खसेको मत अनुसार पुरुष भन्दा महिला संख्या धेरै रहेको छ । पुरुष भन्दा २ सय ८ जना वढि महिलाहरुले मतदान गरेका छन् । रुरु क्षेत्र गाउँपालिका ६ रिमुवामा ०७४ साल असारमा भएको स्थानीय तहको निर्वाचनमा तत्कालीन नेकपा एमालेवाट निर्वाचित वडा अध्यक्ष पुर्ण बहादुर रेगामीको निधन भएपछि उपनिर्वाचन भएको हो । वडा अध्यक्ष पदका लागि ३ जना उम्मेदवारले चुनावी मैदानमा छन् ।
निर्वाचनमा नेकपा र नेपाली काँग्रेस र १ जना स्वतन्त्र उम्मेदवार रहेको मुख्य निर्वाचन कार्यालयले जनाएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले गिरिप्रसाद सिंजाली र नेपाली काँग्रेसबाट बेदप्रसाद दर्लामी चुनावी मैदानमा छन् । त्यस्तै सोहि वडाको वडा अध्यक्ष पदका लागि मनबहादुर दर्लामीले स्वतन्त्र उम्मेदर रहेका छन् । अध्यक्ष पदका लागि बिहानै देखि मतदाताले मतदान गरिरहेका छन् । निर्वाचनको लागि १ मतदान केन्द्र र २ स्थल तोकिएको मुख्य निर्वाचनको कार्यालय गुल्मीले जनाएको छ ।
मतदान पश्चात मतपेटीका मुख्य निर्वाचन अधिकृतको कार्यालय रुरुक्षेत्र गाउँपालिकाको बलेटक्सारमा संकल गर्ने कार्य चलिरहेको र केहि बेरबाटै मतगणना हुने जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ । निर्वाचनको सुरक्षा व्यवस्था कडा पारिएको छ ।प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाको अनुसार मतदान स्थलको सुरक्षा को लागि नेपाल प्रहरी, शसस्त्र र नेपाली सेना खटिएका छन् । मत गणना स्थलमा सुरक्षा कर्मीको बाक्लो उपस्थिती रहेको छ ।