सुरेश थापा
गुल्मी, मंिसर २३ – साना किसान कृषि सहकारी संस्था लिमिटेड सत्यवती–६, जोहाङ्ग गुल्मीको छैठौ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
साना किसान कृषि सहकारी संस्था लिमिटेडकी अध्यक्ष सिता ढकालको अध्यक्षता रहेको कार्यक्रममा गाउँपालिका अध्यक्ष पारिश्वर ढकालको प्रमुख आथित्यता रहेको थियो । लेखा संयोजक कमला भण्डारीले २ करोड ५० लाख ४६ हजार १ सय १० रुपिया बराबरको आयव्यय प्रस्तुत गर्नुभयो । गाउँपालिका उपाध्यक्ष शुवर्ण शाहि शेचर्न, सानाकिसान बडागाउँका अध्यक्ष हरि छन्त्याल, वडा नं. ६ का वडा अध्यक्ष विष्णु प्रसाद भण्डारी, देवि प्रसाद भण्डारी, लक्ष्मी शर्मा भण्डारी, थानेश्वर ढकालले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
सहकारीलाई बचत तथा सामान्य ऋण वितरणमा सिमित नराखी स–साना घरेलु उद्योग र आय आर्जनमुलक कार्यमा ऋण लगानी गनुृपर्ने, ऋणीहरुले लिएको ऋण उत्पादनमुखी कार्यमा लगानी गर्नुपर्ने, कृर्षिमा सत्यवती गाउँपालिकाले फड्को मारेको साथै कृषकको साथमा सधै गाउँपालिका रहेको कार्यक्रमका प्रमुख अतिथि साथै गाउँपालिका अध्यक्ष ढकालले उद्घाटन सत्रलाई सम्वोधन गर्दै बताउनु भएको थियो । कार्यक्रममा जेष्ठ नागरीक बसुन्धरा भण्डारी, असल ऋणी पूर्ण कुमारी भण्डारी, गाईपालनकी सरला ढकाल, अदुवा कृषक प्रेम कुमारी भण्डारी साथै कक्षा ११, १२ मा उत्कृष्ठ अंक ल्याउने अस्मिता भण्डारीलाई सम्मान गरिएको थियो । सिता ढकालको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संचालन हरिकला श्रेष्ठले गर्नुभएको थियो ।