बदलिदो मौसमले धेरै रोगहरु लिएर आउछ। तर,केहि साबधानी अपनाईयो भने जाडोका कारण हुने धेरै रोगबाट बच्न सकिन्छ ।
जाडोयाममा धेरै देखिने स्वास्थ्य समस्याहरुमा यस प्रकार छन् –
रुघाखोकी र ज्वरो
यो समस्या ऋतु परिवर्तनको बेला प्रय जसोमा देखिन्छ। शरीरको प्रतिरोधक क्षमता जसको कमजोर छ, त्यस्तालाई चाँडै यस्ता मौसमी रोगले भेट्छ। संक्रमणबाट हुने रोगको भाइरसबाट बच्न सरसफाईमा बिषेश ध्यान दिनु पर्ने हुन्छ। बराबर साबुन पानीले हातधुनु पर्छ। यो भाइरल ईनफेकस्न हो। यस अवस्थामा बिरामीलाई संक्रमणबाट चाँडै निको पार्न एन्टी एलर्जिक होमियोपैथिक औषधि लक्षणअनुसार दिईन्छ। यसको अलावा वाफ लिने, नुन पानीले कुल्ला गर्नले पनि लाभदायक हुन्छ। संक्रमण भएको अवस्थामा तातो झोलीय तरल पदार्थ बढि मात्रामा प्रयोग गर्नुपर्छ। चिसो पानी पिउनु हुँदैन। तुरन्त गर्मबाट चिसोमा, चिसोबाट गर्मीमा जानु हुँदैन। बाईक वा स्कुटर चलाउने बेलामा नाक, मुख छोप्ने गरी हेलमेट लगाउनुपर्छ। कोल्ड ड्रिक्स, आईसक्रिम खानु हुँदैन। यस मौसममा केटा केटी, बुढापाकाहरुको बिशेष ख्याल राख्नु पर्दछ।
टाँन्सिलाइटिस्
केटा केटीहरुमा यो समस्या आमरुपमा देखिन्छ। यो बेक्टेरियल या भाइरस संक्रमणबाट हुन्छ। यो समस्या भएमा गलामा दर्द हुनु, खाना खान, बोल्नमा अप्ठ्यारो हुनुका साथै ज्वरो पनि आउन सक्छ। यसबाट बच्नको लागि यस मौसममा चिसो पेय पदार्थ तथा चिसो खाने कुराको सेवन गर्नु हुँदैन।
दम
दम एक किसिमको एलर्जिक रोग हो। दमबाट पीडित बिरामीहरुको समस्या जाडोको मौसममा बढ्न सक्छ। रातको समयमा, चिसो बढेको बेला तथा जाडोको मौसममा एलर्जिएटेक हुने संभावना बढि हुन्छ। अतस् दमका रोगीहरुले एलर्जिक तत्व तथा चिसो हावाबाट बच्ने। धुलो, माटो, धुवाँ र बायु प्रदुषणबाट बच्न एकदमै जरुरी हुन्छ। दमका रोगीले आफ्नो नियमित सेवन गर्ने औषधिहरु आफ्नो साथै राख्ने। चिकित्सकको सल्लाह बमोजिम लिई राख्ने। आफुखुशी औषधि बीचमा छोड्नु हुदैन।
जोर्नीको दुखाई
बुढा बुढीहरुमा बदलिंदो मौसममा हात खुट्टाका जोर्नीहरु दुख्ने समस्या बढि देखिन्छ। चिसो बढेको बेला ज्वाईन्ट पेन जसलाई पनि हुन सक्छ। तर बुढ बुढीहरुको हड्डी कमजोर भएको कारण यिनीहरुलाई चिसोले बढि प्रभावित गर्दछ। अर्थराईटिस्, सानो जोर्नीहरुमा दर्द, घुँडाको दर्द बडो असहनीय हुन्छ। यसबाट बच्नको लागि सकेसम्म चिसो हावामा बाहिर ननिस्कने। जोर्नीहरुमा तातो सेकाईको लागि पट्टी या हट ब्यागको प्रयोग गर्ने। सामान्य हल्का किसिमको ब्यायाम नियमित रुपले गर्ने। होमियोपेथिक औषधिको साथ साथै योग तथा फिजियोथिरापीले पनि जोर्नीको दुखाईबाट आराम मिल्दछ। साथै नियमित रुपबाट औषधिको सेवन गरिराख्ने तथा आफ्नो चिकित्सकसँग बेला बेलामा सम्पर्क गरी स्वास्थ्य परिक्षण गराई रहने।
ओठ फुट्ने
जाडोमा ओठ बढि फुट्नुको कारण जिब्रोले ओठलाई ओसिलो बनाउन खोज्नले पनि हो। यसको लागि बानी नै सुधार्नु आवश्यक हुन्छ। ओठको लागि एलोभेरायुक्त मलहम तथा लिपगार्डहरुको प्रयोग गर्न सकिन्छ। जाडो महिनामा साबुनको प्रयोग गर्दा म्वाईस्चराईजिङ साबुनहरु। जस्तै, डोभ, पियर आदिको प्रयोग गर्नुपर्छ। यस्ता साबुनले छालालाई मुलायम राख्न मद्दत गर्दछ। पानी प्रशस्त खानु पर्छ। हरियो सागपात, सिजनल फलफुल, आईरन र जिकंयुक्त खाने कुराहरु जस्तै, केरा, माछा, मासुको सेवनले छालालाई स्वास्थ राखि म्वास्चर र पानी कम हुन दिंदैन र छालालाई सुख्खापनबाट बचाउँछ।