बम विस्फोटमा ज्यान गुमाउनेको संख्या तीन
धनुषा-
धनुषाको छिरेश्वर नगरपालिका-५, महेन्द्रनगर बजारमा बम विस्फोटमा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ ।
विस्फोटमा घाइते भएका ६ जनामध्ये प्रहरी निरीक्षक अमिर दाहालको आज बिहान उपचारको क्रममा धरानमा ज्यान गएको प्रहरीले जनाएको छ । हिजो मध्यरातमा भएको विस्फोटमा छिरेश्वर बजारका राजेश्वर साह र उहाँका छोरा आनन्द साहको ज्यान गएको थियो ।
अन्य ५ जना घाइतेहरुको उचपार भइरहेको प्रहरीले जनाएको छ ।