नुवाकोट
पौष ६- नुवाकोटमा ट्रक दुर्घटना हुदा २ जनाको ज्यान गएको छ ।
नुवाकोटको विदुर नगरपालिका–६ स्थित मुल्थलामा बाटोको काम गर्ने नागार्जुन कन्स्ट्रक्सन कम्पनी प्रालिका कर्मचारीको ट्रक दुर्घटनामा परी २ जनाको मृत्यु भएको हो। मुल्थलाबाट चैनपुरतर्फ काम गर्न जाँदै गरेको बा २ क ७९१० नम्बरको ट्रकमा सवार सोही कम्पनीका कर्मचारी दुईजनाको दुर्घटनामा परी मृत्यु भएको नुवाकोट प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेश थापाले बताए। मृत्यु हुनेको पहिचान खुलेको छैन। घाइते छ जनामध्ये दुई जनालाई काठमाडौं ‘रिफर’ गरिएको र चारजनाको त्रिशूली अस्पतालमा उपचार भइरहेको उनले बताए।