काठमाण्डौ
पौष ७ – काठमाण्डौको सुकेधारामा बसको ठक्करबाट १ विद्यार्थीको ज्यान गएको छ । बा ४ ख ५९२० नम्बरको बसले ठक्कर दिँदा पशुपति क्याम्पस चाबहिलमा बीबीएस चौथो वर्षमा अध्ययनरत छात्रा गोरखाकी सृष्टि पन्तको ज्यान गएको गौशालाका डीएसपी प्रदीप सिंहलेजानकारी दिनुभयो । बिहान क्याम्पस जान बाटो काट्ने क्रममा पन्तलाई भक्तपुरको कमलिवनायकबाट नयाँ बसपार्कका लागि छुटेको बसले ठक्कर दिएको थियो । घाइते पन्तको उपचारको क्रममा चाबहिलको ओम अस्पतालमा ज्यान गएको हो ।