गुल्मी
पौष ७ – रिर्डस वोडिङ्ग हाई स्कुल खानीगाउ तम्घास गुल्मीको २६ औ बार्षिक उत्सव समारोह सम्पन्न भएको छ ।

रिर्डस वोडिङ्ग हाई स्कुलका प्रा।लि का कार्यकारी अध्यक्ष एवम संस्थापक प्रिन्सिपल श्रीप्रसाद भलामीको अध्यक्षता रहेको कार्यक्रममा रेसुङ्गा नगरपालिका उप प्रमुख सिता भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो । बिद्यालय व्यवस्थापन सहयोग समिति अध्यक्ष शेर बहादुर थापा र वडा नम्बर ८ का वडाध्यक्ष भरत बलामीको बिशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रममा स्वागत मन्त्ब्य राख्दै रिर्डस वोडिङ्ग हाई स्कुलका प्रा।लि का कार्यकारी अध्यक्ष एवम संस्थापक प्रिन्सिपल श्रीप्रसाद भलामीलृ आफ्नो २६ बर्षको अनुभव उपस्थित अभिभावक तथा बिद्यार्थी र अतिथिलाई सुनाउनु भएको थियो ।

कार्यक्रमा प्रमुख अतिथि तथा अतिथिहरुले शिक्षाको क्षेत्रमा बोडिङ्ग स्कुलहरुले खेलेको भुमिका अतुल्निय भएको बताउनुभएको थियो । शिक्षक अभिभावक संघ अध्यक्ष प्रेम भण्डारीले बिद्यालयको बिबिध क्षेत्रको बारेमा बताउदै मन्त्ब्य राख्नुभएको थियो । बिद्यालयको बार्षिक प्रतिबेदन सञ्चालक समितिका सेयर सदस्य एंव सायक प्रिन्सिपल टिका बलामीले सार्वजिनिक गर्नुभएको थियो ।

पौष २ गतेबाट सुरु भएको कार्यक्रममा बिभिन्न प्रतियोगिताहरु सन्चालन भएका थिए । खेलकुद एंम बिभिन्न शैक्षिक क्रियाकलापहरुमा सहभागी तथा बिजय बिद्यार्थीहरुलाई पुरस्कार मेडल तथा प्रमाण पत्र बितरण गरिएको थियो ।

समापन समारोहको दिन सरस्वती पुजा गरिएको थियो ।

रिर्डस वोडिङ्ग हाई स्कुलको यस बर्षको सर्वकृष्ट ट्रफि ग्रीन हाउस सदनले हात पार्न सफल भएको छ । बिद्यालयका प्रशासनिक संयोजक पुस्कार खड्का क्षेत्रीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
पुरानो संस्थागत यस बिद्यालयबाट उत्पादीत जनशक्ति सरकारी तथा बिभिन्न क्षेत्रहरुमा कार्यरत र अहिलेसम्म एसइइमा ९४८ जना बिद्यार्थीहरु उत्र्तिण भएको बिद्यालयले जनाएको छ । बिद्यालयले आगामी दिनमा नया नया प्रबिधि र सिपको प्रयोग गरि पठनपाठनलाई अगाडि बढाउने रणनिति लिएको छ ।