घनश्याम पौडेल
अर्घाखाँची, ७ पुस – नेपाली काँग्रेस जिल्ला कार्य समिती अर्घाखाँचीको बैठक सम्पन्न भएको छ ।
विपी स्मृति भवन सन्धिखर्कमा सम्पन्न बैठकले जिल्ला स्थित ६ वटै स्थानिय तहमा अनुशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको जिल्ला सभापति विष्णुप्रसाद खनाल मुस्कानले जानकारी दिए । पाणिनी गाउँपालिकाको दुर्गाफाटमा माघ २४ र २५ गते, सितगंगा नगरपालिकाको ठाडामा माघ २६ र २७ गते, भुमिकास्थान नगरपालिकामा माघ २८ र २९ गते, मालारानी गाउँपालिकाको खनदहमा फागुन १ र २ गते, छत्रदेव गाउँपालिकाको छत्रगन्जमा फागुन ३ र ४ गते, सन्धिखर्क नगरपालिकामा फागुन ५ र ६ गते गर्ने निर्णय भएको जिल्ला सचिव छविलाल पौडेलले बताए ।
त्यस्तै बैठकले सन्धिखर्क नगरपालिका वडा नं। १२ का वडा अध्यक्ष नारायण खडकाले नाता प्रमाणित सम्बन्धमा पुर्वाग्रही भन्ने समाचार विभिन्न मिडियामा प्रकाशन भएको समाचारप्रति ध्यानाकर्षण समेत गराएको छ ।काँग्रेसबाट निर्वाचित जनप्रतिनिधीहरुले सही र सत्य काम जनताको पक्षमा गर्नका लागी निर्देशन गर्दै झुटा कुरा लगाई विभिन्न बाहनामा मुद्धा लगाउने र फसाउने गरी सरकारी षडयन्त्रप्रती खेद प्रकट गर्दै प्रतिकारमा उत्रिने निर्णय गरेको सभापति मुस्कानले बताए । बैठकले मालारानी गाउँपालिकाको वडा नं। ३ खनदहमा मंसिर १४ गते भएको निर्वाचनमा काँग्रेसका उम्मेदवार शोभाखर खनाललाई विजयी बनाएकोमा धन्यवाद व्यक्त गर्दै मतदाता तथा सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद समेत व्यक्त गरेको छ ।
बैठकमा पुर्व सभापति कमल भुसाल, उपसभापति शान्ता भण्डारी, सचिव विष्णु भुसाल, सहसचिव इन्सु मियाँ, जिल्ला सदस्य, क्षेत्रीय सभापति अच्युत गौतम, केशवराज कुवँर, महासमिती सदस्य यादव घिमिरे, लगाएतका भातृ तथा शुभेच्छुक संस्थाका प्रमुख तथा प्रतिनिधीले काँग्रेसको संगठन मजवुद बनाउँनका लागी अग्रसर भएर लाग्ने धारणा व्यक्त गरेका थिए । केन्द्रीय कार्यसमितीको निर्देशन अनुसार स्थानिय तहको संरचनामा एक वडामा दुई सभापति रहेकोलाई समायोजन गरेको छ । त्यस्तै जनसम्पर्क समिती भारतका नेता राजु कुवँर र पाणिनी ८ पालीका महमद गनिलाई आमन्त्रित जिल्ला सदस्यमा मनोनयन गरेको छ ।