गुल्मी
पौष ७ – मान्छेबाट पशुमा सर्ने रोग र पशुबाट मान्छेमा सर्ने जुनोटिक रोग सम्बन्धी अन्तरक्रिया गोष्ठी धुर्कोट गाउपालीका पशु बिकास शाखा रजस्थल मा सम्पन्न भएको छ ।
गोष्ठीमा पशु शाखा प्रमुख श्याम बहादुर कार्कीको अध्यक्षता , वडा नम्बर ४ का वडाध्यक्ष मान बहादुर जोगी कुँवरको प्रमुख आथित्यता रहेको थियो ।
कार्यक्रमको सहजीकरण पशु अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र पाल्पाका प्रमुख डाक्टर चन्द्र बहादुर रानाले गर्नुभएको थियो ।
पशु स्वास्थ्य कर्मी निरज जिसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सन्चालन गणेश थापाले गर्नुभएको थियो ।
कार्यक्रममा २६ जनाको सहभागिता रहेको थियो ।