घनश्याम पौडेल
अर्घाखाँची, ८ प्ुस – अर्घाखाँची जिल्लाको पाणिनि गाउँपालिकाको दुर्गाफाटमा स्थानीय तहको सभा सञ्चालन सम्बन्धी १ दिने गोष्ठी सम्पन्न भएको छ ।
कानुन तथा संवैधानिक मामिला महाशाखा प्रदेश नं. ५ को आयोजनामा भएको कार्यक्रममा पाणिनि गाउँपालिकाका अध्यक्ष अच्युत गौतमले प्रदेश र स्थानीय निकायको सम्बन्धलाई राम्रो हुनुपर्ने बताए । कानुनमा बाझिएका कुराहरू धेरै रहेकाले आवश्यक कानुन छिटो निर्माण गर्नुपर्ने बताए । जनताले विकास चाहेकाले कानुन र ऐनका कारण विकासका काम नहुने वातावरण सिर्जना नगर्नका लागि कानुन निर्माण छिटो गर्नुपर्ने बताए । प्रदेशले नगरपालिका र गाउँपालिकाका जनप्रतिनिधिलाई दिने तलब भत्तामा अपहेलना गरेको बताए ।
नगरपालिकाका वडा सदस्य र गाउँपालिकाका वडा सदस्यको काममा केही फरक नहुने भएकाले विभेद नगरी समान रूपले सेवा सुविधा दिनुपर्ने बताए ।गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतमले नियम, कार्य्विधि र निर्दे्शिका निर्माण गाउँसभाबाट गरि पारित गरेको बताईन । उनले पाणिनि गाउँपालिकाले ७ वटा कानुन पारित भएको बताईन । गाउँपालिकाले कार्यविधी र विधी बनाएर काम गर्दै आएको बताईन । स्थानीय तहको सभा सञ्चालन तथा सभाले कानुन निर्माण प्रकृया विषयक १ दिने अन्तरक्रियात्मक गोष्ठीमा सभामा प्रस्तुत हुने आचारसंहिताको बारेमा जानकारी गराईएको हो । पदिय मर्यादामा रही आचारसंहिता पालना गर्नुपर्ने ।
बैठकको प्रारम्भ र स्थगन, सदस्यको स्थान रिक्त रहेको अवस्थामा सभाको कार्य सञ्चालन, बैठकको कार्य्विधि, समयावधिको निर्धारण, सुचना दिने तरिका, सुचनामा संसोधन , बैठकमा पालना गर्नुपर्ने र गर्न नपाईने कुराको जानकारी, निर्णय गर्ने तरिका लगाएतका विषयमा गाउँ सभा सञ्चालन गर्नका लागि नियमको बारेमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव राजेन्द्र थापाले प्रशिक्षण दिएका थिए । कानुन अधिकृत सुस्मिता पाण्डे र लेखा अधिकृत घनश्याम नेपालले पनि प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मधुकृष्ण पौडेलले सातौ सभामा पुगेको बताए । कानुनमा रहेको अभ्यासलाई अबका दिनदेखि सञ्चालन हुने गाउँसभामा विधि प्रक्रिया अवलम्बन गर्ने बताए । विधेयक पास गर्ने सन्दर्भमा भएका कमिकमजोरी सच्याएर अगाडि बढने बताए । ८ वटै वडाका वडा अध्यक्षहरू, कार्यापालिका सदस्य, वडा सदस्यहरूको उपस्थिति रहेको थियो । उत्साहपुर्वक सहभागिता रहेको कानुन निर्माण प्रक्रियाका लागि गोष्ठीले थप टेवा पुगेको पाणिनि गाउँपालिका वडा नं.४ का वडा सदस्य शालिकराम घिमिरेले बताए । गोष्ठीबाट सिकेका कुरा अब हुने गाउँसभाको बैठकका लागि सहजता पुगेको बताए ।