कमल पौडेल
१० पौष ,बागलुङ – बागलुङ क्षेत्र नं. २ (क) का प्रदेश सांसद चन्द्र बहादुर वुढा सागरले कितावि ज्ञान मात्रै सिकाइ नभएको भन्दै हरेक सिकाई व्यावहारमा देखिनुपर्ने बताउनु भएको छ।
खड्कदेवि माध्यमिक विद्यालय बडिगाड गाउँपालिका वडा नं. १ तुन्डाडाको ५९औं वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै सांसद वुढाले सो कुरा बताउनु भएको छ। सार्वजनिक शिक्षाको सवलिकरणवाट मात्रै असमान शिक्षाको अन्त्य गर्न सम्भव हुने भन्दै गुणस्तर वृद्धिको लागी लाग्न शिक्षा सम्बद्ध सवैलाई आहन गर्नुभएको छ। कार्यक्रममा जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख विष्णु प्रसाद भुसालले शिक्षक, अभिभावकको इमान्दारीता र विद्यार्थीको क्रियाशिलतावाट शैक्षिक गुणस्तर वृद्धि गर्न सकिने बताउनु भएको छ। त्यस्तै कार्यक्रममा बडिगाड गाउँपालिका वडा नं. १ का अध्यक्ष बोम बहादुर थापा, वडा नं. २ का अध्यक्ष ढालेन्द्र शेरचन, कार्यपालिका सदस्य केदार नेपाली, सोमान्ता सलामी, त्रिभुवन नमुना मावि खर्वाङका प्रधानाध्यापक ढालमणि भण्डारी लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा प्रधानाध्यापक वेद प्रसाद पोखरेलले १ करोड १८ लाख ९० हजार बरावरको आर्थिक सहित भावि कार्यक्रम सहितको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।हिजो भएको प्रभातफेरीमा धर्म सदन प्रथम, गंगा सदन द्धितिय र दशरथ सदन तृतिय, पिटि प्रदर्शनमा धर्म सदन प्रथम, दशरथ सदन द्धितिय, र शुक्र सदन तृतिय भएका थिए। त्यस्तै रेकर्ड नृत्यमा धर्म सदन प्रथम, दशरथ सदन द्धितिय र गंगा सदन तृतिय भएका छन्।कार्यक्रम विद्यालय व्यावस्थापन समितिका अध्यक्ष भिमसेन वनको अध्यक्षता, सहायक प्रधानाध्यापक ऋषिराम भण्डारी तथा विद्यार्थी सितल भुजेको स्वागत मन्तव्य र शिक्षक कमल खरेलको सञ्चालनमा सम्पन्न भएको थियो।
त्यस्तै त्रिभुवन नमुना माध्यमिक विद्यालय बडिगाड गाउँपालिका २, खर्वाङको ६०औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा आयोजित विविध कार्यक्रम चलिरहेका छन्। हिजो तेश्रो दिन ४९ प्रतिस्पर्धि विचवाट त्रिभुवन आइडलमा तिन जना फाइनलको लागी छनौट भएका छन्। कक्षा ११ का चन्द्रा विश्वकर्मा, कक्षा ९ का दिनेस सिँजाली र कक्षा १२ का सुरज परियार फाइनलमा पुगका छन्। त्यस्तै मावि तह ६,१० र ११, १२ को छात्रछात्राको कपर्दि प्रतियोगीता सम्पन्न भएको छ। कक्षा ११, १२ तर्फको फाइनल खेल विहिवार विहान ९ः१५ देखि सुरु हुने आयोजकले जनाएको छ। वुधवार मावि जुनियर नेपाली माध्यम तर्फको रेकर्ड नृत्य प्रतियोगिता, मावि जुनियर र सिनियर छात्रछात्राको भलिवल प्रतियोगिता, कक्षा २ र ३ को मिठाइदौड प्रतियोगिता, प्राविधिक धार वालिविज्ञान तर्फको कृषि नाटक लगाएतका कार्यक्रम सम्पन्न भएका छन्।
विहिवार वृहत औपचारीक कार्यक्रम सहित अन्तिमदिनको कार्यक्रम गर्ने विद्यालयले जनाएको छ। विहिवार कक्षा ११, १२ तथा जुनियर मावि अंग्रेजी माध्यमको नृत्य प्रतियोगिता, मार्चपास सहित पिटि प्रदर्शन, त्रिभुवन आइडलको फाइनल, सम्मान कार्यक्रम लगाएतका कार्यक्रम रहेका छन्। कार्यक्रमको प्रदेश सांसद चन्द्र बहादुर वुढा सागरले उद्घाटन गर्ने कार्यक्रम रहेको छ। वुधवारको कार्यक्रम विद्यालय व्यावस्थापन समितिका अध्यक्ष विष्णु प्रसाद भुसालको अध्यक्षता तथा शिक्षक कमल पौडेल र दधिराम वनको सञ्चालनमा सम्पन्न भएको छ।