सुरेश थापा, गुल्मी
पौष ११
गुल्मीको चन्द्रकोट गॉउपालिका वडा नं ६ हरेवामा स्वर्गीय जीवराज आश्रितको संझनामा निर्माण गरिएको जीवराज आश्रित स्मृति भवन र चन्द्रकोट ६ हरेवाको वडा कार्यालय भवनहरुको परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले आज उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
स्व आश्रितकी धर्मपत्नी तथा सभासद माया ज्ञवाली लगायतका नेताहरूको कार्यक्रममा सहभागिता रहने आयोजकको भनाई रहेको छ भने आज शुक्रवारका दिन बिहान ११ बजे उद्घाटन कार्यक्रम तय गरिएको छ।
तत्कालिन नेकपा मालेका संगठन बिभाग प्रमुख स्व जिबराज आश्रितको जन्म स्थानमा स्मृति भवनको निर्माण गरिएको छ। आश्रितको जन्म गुल्मीको चन्द्रकोटमा भएको थियो र महासचिब स्व मदन भन्डारी संगै चितवनको दासढुंगामा जिप दुर्घटनामा परी दुस्खद निधन भएको थियो।
यस्तै १४ करोड लागतमा निर्माण हुने गुल्मीको सत्यवती गाउँपालिका र रुरु गाउँपालिका जोडने बढीघाट नदीको ट्रस ब्रिज मोटर पुलको बगाउने भन्ने स्थानमा परराष्टमन्त्री प्रदिप कुमार ज्ञवालीले एक कार्यक्रमका विच सिलन्यास गर्नुभएको छ ।
नेपालमा निर्माणाधिन योजना समयमा सम्पन्न नहुने व्यवहारले हाम्रा विकाशका काममा ठुलो क्षति पुगेको र सरकारको अरबौं लगानि विचमा अलपत्र परेको सिलन्यास कार्यक्रका प्रमुख अतिथि ज्ञवालीले बताउनु भयो । सोहि प्रशंगमा विकासका काममा १ मिनेट पनि ढिलो गर्ने छुट कसैलाई नरहेको उल्लेख गर्दै सहयात्री राष्ट्रहरु विकाशमा धेरै अगाडि बढीसकेको उदाहरण प्रस्तुत गर्दै यसलाई भेटाउन हामीले १,२ गेर मा होइन ५ गेरलगाएर ठोस संकल्पका साथ अगाडि बढनुपर्नेमा जोड दिनुभयो ।
यो पुल सत्यवती र रुरु जोडने मात्र नभै बैकल्पिक सडकको पुल रहेको बताउदै निर्माण कम्पनीलाई तोकिएको समयमा काम सम्पन्न गर्न आग्रह गर्नुभयो । ६० मिटर लम्बाइ रहेको ब्रिज इलाइट कन्ट्रक्सन प्रालि ले जिम्मा लिएको छ ।
त्यसै गरी हिजै मन्त्री ज्ञवालीले गुल्मीको रिडीमा निर्माण गर्न लागिएको तीन मुखे पुलको निरीक्षण समेत गरेका थिए ।निरीक्षण पश्चात रिडीमा आयोजित सर्वपक्षीय अन्तर्कृया कार्यक्रममा सहभागी हुँदै निर्बाचनको समयमा गरिएका प्रतिबध्दताहरू पुरा गरेरै छोड्ने बताएका थिए ।