चुरामणि तिमिल्सीना
गुल्मी , पौष १२- माधा प्राथमिक बिधालय रुरु २ ग्वादि गुल्मीले विविध सास्कृतिक कार्यक्रमका साथ ५२ औ बार्सिकउत्सब समारोह सम्पन्न गरेको छ ।
कार्यक्रममा बिधालय ब्यावसथापन समितिका अध्यक्ष सोभराज रेगामीको अध्यक्षता , रुरुक्षेत्र गाउँपालिका उपाध्यक्ष लक्ष्मी देबि पन्थको प्रमुख आथित्यताता रहेको थियो । कार्यक्रममा रुरु गाउँपालिका २ का वार्ड अध्यक्ष घनश्याम अर्याल , ईलाका प्रहरी कार्यलय रिडिका प्रहरी प्रमुख राधेश्याम सिंह सैथवार ,रुरु २ का वार्ड सदस्य भुबनेसोर बराल, हरिकला बराल विशिष्ट अतिथी रहनुभएको थियो । कार्यक्रममा इवादी माध्यमिक बिधालय का प्रधानाध्यापक चुरामणि बराल, समाज सेबि ज्ञानहरि ज्ञवाली , कोन्द्रा कोलौदी प्राथमिक बिधालयका प्रधानाध्यापक बिनोद ज्ञवाली , शिक्षा प्रेमी मंगल् बहादुर रेगामी ,अभिभावक संघका अध्यक्ष खग बहादुर बिक , बेदराज ज्ञवाली , महिला समूह आमा समूह बिद्यार्थी अभिभावक लगायतले बिधालयको लागि सुभकामना दिनुभएको थियो ।
बिधालयका प्रधानाध्यापक हरिहर ज्ञवालीले बिधालयको प्रगती प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथी उपाध्यक्ष लक्ष्मी पन्थले समग्र शिक्षा क्षेत्रको बिकास तथा आधुनुनिकरण गर्न रुरु गाउँपालीका निरन्तर लागी परेको बताउनुभएको थियो साथै शिक्षक अभिभावक बिद्यार्थी एक जुट भयमा शिक्षामा आमूल परिवर्तन हुने कुरामा जोड दिनुभएको थियो । कार्यक्रममा तिर्सना लामिछाने र सरिता परियार लाई यस वर्षका् उत्कृट अभिभावक को छनोट गरि सम्मान गरिएको थियो साथै बिधालयले बिधालय प्रधानाध्यापक हरिहर ज्ञवाली लाई उत्कट शिक्षकको रुपमा सम्मान गरेको थियो । बिधालयम २ थान कम्पुटर र १ थान पृन्टर प्रदान गर्ने पुर्ब बिद्यार्थी देब बहादुर बिक लाई समेत सम्मान गरियको थियो । कार्यक्रममा बिधालयमा आर्थीक सहयोग गर्ने चन्दाताहरु लाई सम्मान समेत गरिएको थियो । कार्यक्रमा कलाकारहरुले सांस्कृतिक राखेका थिए ।