माधव ज्ञवाली,
पौष १२, गुल्मी – गुल्मी जिल्लाकै ऐतिहासिक क्रीकेट प्रतियोगिताको उपाधी रानिबास युवा क्लबले जितेको छ।
बि एन्ड बि युथ क्लब रुरु क्षेत्र गाउपालिका ४ र ५ ले गाउपालिकाको खेलमैदानमा आयोजना गरेको सो खेलको उपाधी रानिबास युवा क्लबले आफ्नो हातमा पारेको हो। हिजो भएको सेमिफाइनलमा बाग्लुङ क्रीकेट समिति बाग्लुङ ले सुर्योदय युवा क्लब र रानीबास युवा क्लबले बलेटक्सारलाई हराउँदै आफ्नो फाईनलको यात्रा तय गरेका थिए। उपाधी जिते सङ्गै रानिबासले नगद रु एक लाख एक हजार एक सय एघार साथमा ट्रफी ,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ जुन जिल्लाकै इतिहासमा क्रीकेट खेलमा सर्वाधिक धनराशिको पुरस्कार हो। त्यस्तै उपबिजेता बाग्लुङ ले नगद रु पच्पन्न हजार पाँच सय पच्पन्न साथमा ट्रफी ,मेडल र प्रमाणपत्र प्राप्त गरेका छन। त्यस्तै रानिबासका खेलाडी रुपेश सिह आजको खेलमा म्यान अफ द म्याच बने भने उनी म्यान अफ द सिरिज पनि बन्न सफल भए ।
त्यस्तै अहमद खान बेस्ट बलर ,रमेश बस्नेत बेस्ट ब्याट्स्म्यान र तुल बहादुर थापा बेस्ट फिल्डर बने।फाईनल खेल बीस ओबरको खेलाईएको थियो। टस जितेर ब्याटिङ रोजेको रानिबासले बीस ओबरको समाप्तिमा आफ्नो सबै बिकेट गुमाउँदै एक सय त्रिचालीस रनको टार्गेट बाग्लुङलाई दिएको थियो। पछि बाग्लुङलाई अठहत्तर रनको फराकिलो अन्तरले पराजित गरि फाईनल खेल रानिबासले आफ्नो हात पारेको हो। पन्चे बाजागाजा सहित खेलाडी हरुको सम्मान गरि फाईनल खेल सुरु गरिएको थियो भने प्रतियोगितामा प्रथम पुरस्कार सौजन्य गर्नुहुने गोकर्ण टण्डनका परिवारलाई पनि पन्चेबाजाद्वारा सम्मान गरिएको थियो। क्लबका अध्यक्ष यदुनाथ ज्ञवालीको अध्यक्षता रहेको कार्यक्रममा रुरु क्षेत्र गाउपालिका अध्यक्ष निलकण्ठ गौतमको प्रमुख आतिथ्यता रहेको थियो।
त्यस्तै बिशिस्ट अतिथिहरुमा गाउपालिका उपाध्यक्ष लक्ष्मीदेबि पन्थ ,रुरु क्षेत्र गाउपालिका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरि,गाउपालिका भित्रका विभिन्न वडाका वडा अध्यक्षहरु,वडा सदस्यहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, ब्यापारी ,सामाजसेबी ब्यक्तित्वहरु,पत्रकार ,सुरक्षाकर्मी लगाएतको आतिथ्यता रहेको थियो ।