पाल्पा ,
पौष १२ – पाल्पामा स्कुटी दुर्घटना हुदा एक जनाको ज्यान गएको छ ।
गुडिरहेको टिपरमा स्कुटी ठोकिँदा शनिबार एक जनाको ज्यान गएको हो। ज्यान जानेमा रुपन्देहीको बुटवल उपमहानगरपालिका १३ का २५ वर्षीय सिद्धान्त थापा रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक भीमबहादुर कार्कीले जानकारी दिनुभयो । पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको लु २ ख १७६३ नम्बरको टिपरलाई सोही दिशाबाट जाँदै गरेको लु १९ प २८०३ नम्बरको स्कुटीले उच्छिन्ने क्रममा दुर्घटना भएको हो।