कमल पौडेल
१३ पौस, बागलुङ – गल्कोट नगरपालिका वडा नं. ११ रिघामा सञ्चालित सामुदायीक घरवास (होमस्टे) तथा सोहि व्यावस्थापनको लागि निर्मित छिचिम्रा पार्कको एक कार्यक्रमका विच अनुगमन निरिक्षण तथा अवलोकन गरिएको छ।
गण्डकी प्रदेशका उद्योग पर्यटन तथा वातावरण मन्त्रालयका उपसचिव इन्द्र प्रसाद अधिकारी, मुख्यमन्त्रि कार्यालयका अधिकृत राजेश पौडेल, कृर्षि मन्त्रालयका अधिकृत ऋषिराम पोखरेल, बुद्धि बहादुर खत्रि लगाएतको टोलीले सो अनुगमन गरेको हो। प्रदेश सरकारले घरवास (होसस्टे) कार्यक्रमलाई प्रवद्र्धन गर्न अनुदान सहयोग गर्दै आएको छ। रिघा सामुदायीक घरवास कार्यक्रममा निरिक्षणको लागी आएका पाहुनाहरुलाई स्थानियले फुलमाला ओडाएर स्वागत गरेका थिए। सो अवसरमा वडा अध्यक्ष डम्बर बहादुर श्रीसले रिघा घरवास (होमस्टे) कार्यक्रमको विषयमा जानकारी गराउनु भएको थियो। नेपाल भ्रमण वर्ष २०२० को निकट समयमा रिघामा गर्न सकिने पर्यटन प्रवद्र्धनका विषयमा पनि छलफल भएको वडा अध्यक्ष श्रीसले जानकारी दिनुभएको छ। अतिथिहरुले सो कार्यक्रम निरिक्षण गर्दै थप व्यावस्थापनको लागी शुभकामना दिनुभएको थियो। कार्यक्रम रिघा सामुदायीक घरवास कार्यक्रमका अध्यक्ष सुमन श्रीसको अध्यक्षता तथा सचिव आषा श्रीस रानाको सञ्चालनमा सम्पन्न भएको थियो।