टोपलाल अर्याल
गुल्मी, १३ पुस – गुल्मीको रेसुङ्गा कृषि तथा पशु विकास महिला सहकारी संस्थाले न्यून आय भएका दुई महिलालाई बाख्रा उपहार वितरण गरिएको छ ।
एकिकृत ग्रामीण विकास समिति मार्फत रेसुङ्गा नगरपालिका ६ मा गत असारबाट एसएलभिसी परियोजना दोस्रो चरण लागु भएको छ । सोहि परियोजना अन्तरगत सहकारीले सामाजिक उत्तरदायित्वको रुपमा दुई जना महिलालाई बाख्रा वितरण गरेको परियोजना संयोजक भरत भण्डारीले बताए । रेसुङ्गा नगरपालिका ६ की शान्ता मरासिनी र सरस्वति गुरुङ्गलाई बाख्रा वितरण गरिएको हो । मरासिनी अपाङ्ग र गुरुङ्ग एक महिला हुन् । बाख्रा पालन व्यावसाय मार्फत न्यून आय भएको महिलाहरुको जिविकोपार्जनमा टेवा पु¥याउने उदेश्य सहकारीको रहेको छ । बाख्रा पाएका दुवै महिला निकै खुसी भए । यो सहयोगले आफुलाई ठुलो उर्जा मिलेको एकल महिला सरस्वति गुरुङ्गले बताइन् । रेसुङ्गा नगरपालिका ६ की वडा सदस्य जानका मरासिनी, सहकारी संचालक समिति अध्यक्ष कमला पोख्रेल, परियोजना संयोजक भण्डारी लगायतले बाख्रा वितरण गरेका थिए ।
०७५ सालमा स्थापना भएको सहकारीले, नियमित, बाल, जीवन सुरक्षा, ऐच्छिक बचत तथा क्रृण प्रबाह, खसी बोका, दाना खरिद बिक्री तथा सामाजिक सचेतना लगायतका काम गर्दै आएको सहकारीकी अध्यक्ष कमला पोख्रेलले जानकारी दिइन् । सहकारीमा तीन सय ६३ जना महिला आवद्ध छन् । सहकारीले अहिलेसम्म ११ लाख ३३ हजार चार सय ४० बराबरका एक सय दुई वटा खसीबोका बिक्री गरेको पोख्रेलले बताइन । सहकारीले अहिलेसम्म १८ लाख ४७ हजार चार सय ७१ रहेको पुँजि निर्माण गरेको छ ।