अर्घाखाँची
मंसिर १५ – अर्घाखाँचीको मालारानी गाउँपालिका ३ मा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन ।
कांग्रेसका उम्मेदवार शोभाखर खनाल ११ सय ५९ मत प्राप्त गरेर विजयी भएका हुन ।नेकपाका यमलालले १ हजार ५३ मत प्राप्त गर्नुभयो । कुल २२ सय २५ मत खसेकोमा ९ मत बदर भए । राप्रपाका रणबहादुर खनालले ४ भोट प्राप्त गर्नु भएको छ ।
वडाध्यक्ष जीवन चौहानको गत पुसमा दुर्घटनामा परि मृत्यु भएपछि पद खाली भएको हो ।