काठमाडौ
मंसिर १५ – १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागको औपचारिक उद्घाटन आज हुदैछ ।
राष्ट्रपति विद्यादेवि भण्डारीले आज मध्यान्ह उद्घाटन गर्ने कार्यक्रम रहेको छ। दक्षिण एसियाली खेलकुदको सबैभन्दा ठुलो खेल महोत्सव नेपालमा आज सुरु हुन लागेको हो ।
दक्षिण एसियाका सात राष्ट्रको खेलकुद जमघट रहने सोही दक्षिण एसियाली खेलकुद सागको १३औँ संस्करण नेपालको काठमाडौँ, पोखरा र जनकपुरमा सुरु हुँदै छ। यस खेलकुद मेला सुरु भएको खुसी साट्न आइतबार साँझ तीन घण्टा १४ मिनेटको उद्घाटन समारोह हुँदै छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधन गर्दै १३औँ साग सुरु भएको घोषणा गर्नेछिन्।उद्घाटन सत्र साँझ ५ बजेर १० मिनेटमा सुरु हुनेछ । उद्घाटन कार्यक्रम करिब ३ घण्टा चल्नेछ ।
उद्घाटन सत्रमा सहभागी सातै देशको मार्चपास सहित नेपालको कला, संस्कृति र पहिचान झल्कने सांस्कृतिक कार्यक्रम राखिएको छ । उद्घाटन सत्रमा झण्डै ७ हजार मानिस सहभागी गराउने कार्यक्रम रहेको समारोह समितिले जनाएको छ ।जनकपुरमा कुस्ती, पोखरामा ८ खेल र काठमाडौंमा १९ खेलहरु सञ्चालन हुनेछन् । १३ औ सागमा २७ खेल समावेश गर्ने भनिएपनि प्याराग्लाईडिङको सहभागी संख्या नपुगेपछि २६ खेल सञ्चालन गर्न लागिएको हो ।
सागमा ७ देशका ३ हजार बढी खेलाडीले ३ सय १७ स्वर्ण ३ सय १७ रजत र ४ सय ८१ कास्यका लागि प्रतिस्पर्धा गर्ने आयोजक राष्ट्रिय खेलकुद परिषद् ९राखेप०ले जनाएको छ । प्रतियोगिता सञ्चालन गर्न विभिन्न देशका २ हजार बढी अफिसियल खटिने सागको प्राविधिक समितिले जनाएको छ ।
सन् १९८४ मा नेपालबाट सुरु भएको साग झण्डै ४० बर्षपछि नेपालले तेस्रो पटक आयोजना गर्दैछ । नेपालले सन् १९९९ मा दोस्रो पटक सागको आयोजना गरेको थियो ।
साग खेलकुदको सुरक्षा व्यवस्थापनका लागि करिब २२ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ। नेपाल प्रहरी १४ हजार, सशस्त्र प्रहरी छ हजार, विशेष प्रहरी करिब दुई हजार र सेना गरी यतिको सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएका छन्। पोखरा र जनकपुरमा स्थानीय सुरक्षा निकायबाट थप सुरक्षाकर्मी परिचालन हुने छन् । राष्ट्रिय खेलकुद परिषद्ले हजारौँको सङ्ख्यामा स्वयंसेवक खटाएको छ।