अनिल खत्री
१८ मंसिर, गुल्मी – गुल्मी र बाग्लुङको सिमाना भिङगिठेमा जीप दुर्घटनामा बेपत्ता भएका एक जनाको शब फेला परेको छ ।
दुर्घटनामा इस्मा गाउँपालिका–४ बस्ने ६५ वर्षिय धनबहादुर कार्की शब फेला परेको प्रहरीले जनाएको छ । दुर्घटनामा बेपत्ता भएका कार्कीको शब दुर्घटना स्थल भन्दा केहि तल खोलामा बुधवार भेटिएको हो । जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर–४ कल्याराबाट बाग्लुङको निसीखोला गाउँपालिका लागि छुटेको ग १ ज ५२१९ नम्बरको जीप बडिगाड गाउँपालिकाको वडा नम्बर–७ भिङगिठेमा दुर्घटनामा परको थियो । दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुगेका छ । जीप दुर्घटनामा १ जना बच्चा सहित १४ जनाको घटना स्थलमै मृत्यु भएको थियो । दुर्घटनामा परेर ३ जना गमभीर घाइते भएका थिए । उनिहरुको थप उपचारको लागि हेलिकप्टर मार्फत मंगलवार नै काठमाडौं लगिएको छ ।
गुल्मीको इस्मा बाट २४ जना जीपमा सवार रहेको र बिचमा प्रहरीले केहिलाई गाडीबाट झारेर अर्को गाडीमा सवार गरेको बताइएको छ । दुर्घटनामा परेको जीपमा १८ जना सवार रहेको बताइएको छ । दुर्घटनामा मृत्यु भएको शोकमा इस्मा गाउँपालिकाले बुधवार सार्बजनिक बिदाम समेत दिएको छ । जिपमा सवार सबै गुल्मीबाट कुल पुजाका लागि बाग्लुङको निसीखोला गाउँपालिका हिडेका थिए । घाइतेहरुलाई हेलिकप्टर मार्फत काठमाडौं पठाईएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेकालाई लिन दुर्घटना स्थल पुगेका गुल्मी क्षेत्र नं २ का सांसद एवं पुर्व मन्त्री गोकर्ण विष्टले हेलिकप्टरबाट घाईतेलाई काठमाण्डौं लगेका थिए ।
पुर्व मन्त्री विष्टले घाइतेको उपचारमा सरकारले कुनै कसुर बाँकी नराख्ने बताउँदै दुर्घटनाले गुल्मीलाई स्तब्ध बनाउनुका साथै अपुरणीय क्षती पुगेको बताए ।
मुख्यमन्त्री द्धारा दुख ब्यक्त
इस्माबाट बाग्लुङको निसीतर्फ जाँदै गरेको लु १ ज ५२१९ नम्बरको जीप यही मंसिर १७ गते बाग्लुङको बडिगाड गाउँपालिका–७ भिमगिठेमा दुर्घटना हँुदा १४ यात्रुको निधन भएको र तीन जना गंभीर घाईते भएको खबरले स्तब्ध बनाएको प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलद्धारा जारी शोक बिज्ञप्तीमा उलेख्ख छ । दुर्घटनामा परी ज्यान गुमाउनेप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेको उल्लेख छ । सार्थै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको मुख्यमन्त्रीद्धारा बिज्ञप्तीमा उल्लेख छ । दिनप्रतिदिन बढिरहेको सडक दुर्घटनाले नागरिकको ज्यान जोखिममा पर्दै गएको छ ।
बढ्दो सडक दुर्घटनालाई न्युनिकरण गर्न सरकार संवेदनशील छ । सडकको क्षमताभन्दा धेरै यातायातका साधनको आवागमन, चालकको लापरवाही, सवारी साधनको अवस्था लगायत विविध कारणले दुर्घटना भइरहेकाले दुर्घटना न्युनिकरणका लागि सबै पक्ष संवेदनशील हुन आवश्यक रहेको उल्लेख गरिएको छ । दुर्घटनाको कारण पत्ता लगाएर आगामी दिनमा त्यस्ता कम्जोरी हुन नदिन सबै पक्षको सहयोग आवश्यक मुख्यमन्त्रीको शोक बिज्ञप्तीमा उल्लेख छ । प्रदेश सरकारले दुर्घटना न्युनिकरणका लागि सडक सुरक्षा कार्यक्रम अघि बढाएको छ ।
यो अभियानलाई सफल बनाउन स्थानीय तह, प्रहरी,यातायात व्यवसायी, मजदुर लगायत सबै सरोकारवाला निकायको एकताबद्ध र सार्थक पहलकदमी आवश्यक उल्लेख गरिएको छ ।