गुल्मी
मंसिर १९ – गुल्मीमा २८ दिनदेखि बेपत्ता एकजनाको शव जंगलमा फेला परेको छ ।
कात्तिक २१ गतेदेखि हराइरहेका मालिका गाउँपालिका ६ अर्जेका ४२ वर्षीय नारायण पराजुलीको शव जंगलमा फेला परेको हो । पराजुलीको शव मालिका गाउँपालिका ६ आरुपाटा जंगलको भीरमा फेला परेको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी नायब उपरीक्षक मिन बहादुर घलेले जानकारी दिनुभयो। घलेका अनुसार शवलाई स्थानीयले बुधबार साँझ करिब ७ बजे देखेर प्रहरीलाई खबर गरेका थिए। रातको समय भएकाले जंगलको भीरमा जान नसक्ने भएकाले बिहीबार बिहान मात्र शब निकाल्ने तयारी भएको उहाले बताउनुभयो घटनाको बारेमा बिस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।