सुरेश थापा ,गुल्मी
मंसिर १९ – पैसा पठाउन, पाउन र तिर्नको लागि सजिलो माध्यम ई – सेवाले गुल्मीको सत्यवतीका २ वटा बिद्यालयमा सहयोग गरेको छ ।
इ सेवा कार्यलय बुटवल र गुल्मी सेन्टरको संयुक्त आयोजना साथै चेम्बर अफ कमर्श गुल्मीका अध्यक्ष युवराज न्याउपानेको बिशेष पहलमा सत्यवती गाउपालीका ७ जुनिया को जुनिया माध्यमिक बिद्यालय र जुनिया ७ कै हेमन्त आधारभुत बिद्यालयका बिद्यार्थीहरुलाई २७० थान सुइटर बितरण गरिएको हो । कार्यक्रममा जुनिया माध्यमिक बिद्यालयका बिद्यालय व्यवस्थापन समिति अध्यक्ष पुर्ण बहादर शाहिको अध्यक्षता , गाउपालीका उपाध्यक्ष सुवर्ण शाही सेर्चनको प्रमुख आथित्यता, बुटवल शाखा प्रमुख गोबिन्द बहादुर खनाल , चेम्बर अफ कमर्श गुल्मीका अध्यक्ष युवराज न्याउपाने,इसेवा प्रदेश प्रमुख कमल सापकोटा ,इसेवा जिल्ला प्रमुख अर्जुन सापकोटा,कार्यपालीका सदस्य होम बहादुर भुजेल,वडा अध्यक्ष लोक बहादुर बुढाथोकी, चेत बहादुर बुढाथोकीको बिशिष्ट आथित्यता रहेको थियो ।
जुनिया माध्यमिक बिद्यालयका प्रधानाध्यापक केशवराज भट्राईको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सन्चालन शिक्षिका जुनु सेनले गर्नुभएको सुरेश थापाले खबर पठाउनुभएको छ ।
इसेवा नेपालको पहिलो भुक्तानी माध्यम हो । यो एक सफ्ट इन्टरनेशनल कम्पनीद्धारा प्रदान गरिएको सेवा हो । यस कम्पनीको स्थापना २६ जनवरी २००९ मा भएको हो । प्रयोगकर्ताहरुलाई अनलाइन माध्यमबाट रकम लेनदेनका लागि यसको निर्माण गरिएको हो ।