गुल्मी
मंसिर १९ – रुरु क्षेत्र गाउपालीका गुल्मीको आयोजनामा गाउ नगरमा महिला स्वास्थ्य स्वयमसेविका ,स्वास्थ्य प्रवद्र्धनमा अहम भुमिका भन्ने नाराका साथ १६ औ महिला स्वास्थ्य स्वयमसेबिका दिवस मनाइएको छ ।
कार्यक्रममा सामाजीक बिकास समिति संयोजक शेषनारायण पौड्यालको अध्यक्षता,रुरु क्षेत्र गाउपालीका अध्यक्ष निलकण्ठ गौतमको प्रमुख आथित्यता,गाउपालीका उपाध्यक्ष लक्ष्मीदेबि पन्थ प्रमुख प्रशासकिय अधिकृत चेतनाथ गिरिका बिशिष्ट आथित्यता रहेको थियो । यस्तै वार्ड अध्यक्षहरु, कार्यपालीका सदस्यहरु, वार्ड सदस्यहरु, बिषयगत शाखा प्रमुख,स्वास्थ्य संस्था प्रमुख , उद्योग वाणिज्य संघ अध्यक्ष लगायतको कार्यक्रममा आथित्यता रहेको थियो ।यस्तै कार्यक्रममा महिला स्वास्थ्य स्वयमसेविका ,स्वास्थ्य कर्मि ,कर्मचारी ,पत्रकार लयागतको सहभागिता रहेको थियो । छत्र बहादुर अधिकारीकोे स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रममा लक्ष्मी ज्ञवाली, तोय नारायण ज्ञवाली,लक्ष्मी पन्त,नीलकण्ठ गौतम र शेष नारायण पौड्यालले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रमको सुरुमा प्रभातफेरि निकालीएको थियो । स्वास्थ्य सन्देश सहित बजार परिक्रमा गरिएको थियो । कार्यक्रमकै अवसरमा महिला स्वास्थ्य स्वयमसेविकालाई परिचय पत्र बितरण गरिएको थियो । ११ जना नयाँ महिला स्वयमसेविकालाइ स्वागत गरिएको भने ११ जना लाई नगद पुरस्कार सहित बिदाइ तथा सम्मान गरिएको थियो । यस्तै ११ जना समायोजन भइ आएका स्वास्थ्यकर्मिलाई स्वागत गरिएको छ ।प्रत्येक वार्डबाट उत्कृष्ट छानिएका ६ जना महिला स्वास्थ्य स्वयमसेविकालाई नगद पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रमको बिचबिचमा महिला स्वास्थ्य स्वयमसेविकाहरुले स्वास्थ्यमुलक गित तथा नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रमको सन्चालन छत्र बहादुर अधिकारी र इन्द्र देव पौडेलले गर्नुभएको थियो ।