पाल्पा
मंसिर २० – पाल्पा र नवलपरासी पश्चिम मा करेन्ट लागेर दुई जनाको ज्यान गएको छ ।
बिहीबार पाल्पाको निस्दी गाउँपालिका ५ बेलौंजी खोलास्थित राष्ट्रिय प्रसारण लालीगुराँस सामुदायिक विद्युत प्राधिकरणको आयोजनामा मुख्य लाइन जोड्ने क्रममा करेन्ट लाग्दा धादिङको रोलाङ गाउँपालिका ४ का २६ वर्षीय नेत्र बहादुर विसुन्केको मृत्यु भएको छ । यस्तै नवलपरासी९पश्चिम०को पाल्हीनन्दन गाउँपालिका९२ पिपरहवास्थित आफ्नै घरमा विद्युतको काम गर्ने क्रममा करेन्ट लाग्दा गम्भीर घाइते भएका जयहिन्दको पृथ्वी चन्द्र अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको छ ।