गुल्मी
मंसिर २०- गुल्मीको धुर्कोट गाउपालीका वडा नम्बर ४ मा रेशम खेती सम्बन्धी जानकारी मुलक कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा गाउपालीका अध्यक्ष भुपाल पोख्रेलको अध्यक्षता ,पुर्वमन्त्री तथा अखिल नेपाल किसान महासंघका केन्द्रिय संयोजक हरि प्रसाद पराजुलिको प्रमुख आथित्यता,प्रदेश नम्बर ५ प्रदेश सांसद कमलराज श्रेष्ठको बिषेष आथित्यता रहेको थियो । यस्तै अतिथिहरुमा पुर्व माननिय टंक प्रसाद पोख्रेल ,नया कृषि अभियान सहकारी संस्था लिमिटेडका अध्यक्ष मिन प्रसाद गैरे , अखिल नेपाल किसान महासंघ केन्द्रिय सचिवालय सदस्य शेषकान्त गौतम ,प्रदेश नम्बर ५ नेकपा सदस्य निम बहादुर पाण्डे लगायत रहनुभएको थियो ।
कार्यक्रममा वडा अध्यक्षहरु, राजनैतिक दल,कार्यपालीका सदस्यहरु, वडा सदस्यहरु ,कृषक प्रतिनिधिहरु,कृषि तथा पशु प्राविधिकहरुको सहभागिता रहेको थियो ।कार्यक्रममा मन्त्री पराजुलि र कृषकहरुबिचमा प्रश्नउत्तर पनि भएको थियो । कार्यक्रम कृषि प्राविधिक रामचन्द्र सुनारको सन्चालनमा सम्पन्न भएको थियो ।