गुल्मी, मंसिर २०
कालीदास आत्रेय – भबिष्य निर्माण साना किसान कृषि सहकारी संस्था छत्रकोट गाउपालीका ६ दौघा गुल्मीको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाको कार्यालय गैरिखुट्टामा साधारण सभा सम्पन्न भएको हो ।
२०७५ साल मंसिर ९ गते शुभारम्भ भइ पौष १५ गते स्वामित्व हस्तान्तरण भएको सहकारी संस्थाको ७०३ जना शेयर सदस्य र कुल पुंजी ५४ लाख ५७ हजार ५०० रहेको छ ।
संस्थाले एक वर्षमा कुल ३ लाख ५५ हजार नाफा कमाएको बताइएको छ । साबिकको दौघा गाविस र खज्र्याङ गाविसमा संस्थाका शेयर सदस्यहरु रहेका छन । भबिष्य निर्माण साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष मिना अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि छत्रकोट गाउपालीका उपाध्यक्ष नर्मदा भण्डारी , बिशिष्ट अतिथि छत्रकोट गाउपालीका प्रमुख प्रशासकिय अधिकृत भेषराज पन्थ रहनुभएको थियो ।
कार्यक्रममा संस्थाकी अध्यक्ष मिना अर्यालले संस्थाको प्रगति प्रतिवेदन र लेखा समिति संयोजक लक्ष्मी सोमरेले लेखा प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा सुनिता गाहा,वडा नम्बर ५ का वडाअध्यक्ष कृष्ण पन्त, वडा नम्बर ६ का वडाध्यक्ष थम्मन ज्ञवाली,साना किसान सहकारी संस्था बडागाउका प्रमुख बिबेक पेमि, संस्थाका सल्लाहकार बिष्णु पौड्याल ,बिशिष्ट अतिथि भेषराज पन्थ र प्रमुख अतिथि नर्मदा भण्डारीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
सन्चालक समिति सदस्य माया पन्तको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सन्चालन संस्थाका प्रवन्धक हरिकला गाहाले गर्नुभएको थियो ।