गुल्मी
पौष १६ – नेपाली कांग्रेसले आज ४४ औ “राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ देशैभर मनाइएको छ ।
नेपाली कांग्रेसले पार्टीका संस्थापक विश्वेश्वरप्रसाद कोइराला लगायतका नेता लामो निर्वासन अन्त्य गरी स्वदेश फर्केको दिन पुस १६ गतेलाई हरेक वर्ष ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’का रुपमा मनाउँदै आएको छ । यसैबिच गुल्मीको धुर्कोट गाउपालीकाले पनि आज ४४ औ राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ मनाइएको छ । कार्यक्रममा नेपाली कांग्रेश धुर्कोट गाउपालीका संयोजक राम प्रसाद घिमिरेको अध्यक्षता, रेसुङगा नगरपालीका वडा नम्बर ३ का वडाध्यक्ष तथा जिल्ला कार्यसमिति सदस्य थम्मन केसिको प्रमुख आतिथ्यता,जील्ला कार्यसमिति सदस्य पदम बिष्टको बिशिष्ट आथित्यता रहेको थियो ।धुर्कोट गाउपालीका वडा नम्बर ५ का वडाध्यक्ष तारा भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सन्चालन जिल्ला कार्य समिति सदस्य गोपाल थापाले गर्नुभएको थियो । ७ वटै वडाका वाड सभापतिहरु, नव निर्वाचित वडाध्यक्ष ,कार्यपालीका सदस्य ,कार्यकर्ताहरु लगायतको सहभागिता रहेको कार्यक्रममा धुर्कोट गाउपालीका संगठनको बारेमा बिषेष छलफल गरिएको थियो ।कार्यक्रमको अवसरमा धुर्कोट गाउपालीका संयोजक राम प्रसाद घिमिरेलाई गाउपालीका संयोजकको प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।
यस्तै मालीका गाउपालीका वडा नम्बर ६ गुल्मीमा पनि राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ मनाइएको छ ।कार्यक्रममा नेपाली कांग्रेश मालीका गाउपालीका अध्यक्ष चन्द्रकान्त अर्यालको अध्यक्षता, महासमिति सदस्य तथा जिल्ला कार्यसमिति सदस्य महेन्द्र भण्डारीको प्रमुख आथित्यता, जिल्ला प्रतिनिधि तथा धुर्कोट गाउपालीका उपाध्यक्ष शिब केसिको बिशिष्ट आथित्यता रहेको थियो ।महासमिति सदस्य सिता अर्यालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सन्चालन नेपाली कांग्रेश क्षेत्रिय सदस्य उपेन्द्र अर्यालले गर्नुभएको थियो ।कार्यक्रममा प्रमुख अतिथि र बिशिष्ट अतिथिले राष्ट्रिय एकता र मेलमिलापको अहिलेपनि आवश्यकता रहेको बताउनुभएको थियो । उहाहरुले २ तिहाइको केपि ओली सरकारले गरिब,दलित र पिडित माथि अन्याय र अत्याचार गरेको आरोप लगाउनुभएको थियो ।