गुल्मी पौष १९
चुरामनी तिमिल्सिना – रुरु प्राथमिक बिधालय रुरु क्षेत्र गाउँपालिका वार्ड न १ रिडि गुल्मीको ५५ औ बार्सिकउत्सब समारोह सम्पन्न भएको छ ।
४ दिने बिबिध कार्यक्रम गरि बार्सिउत्सब समारोह शुक्रबार सम्पन्न गरिएको हो । बिधालय ब्यबस्थापन समितिका अध्यक्ष जिबन कुमार कसजुको अध्यक्षता रहेको कार्यक्रम का प्रमुख अतिथि जिल्ला समन्वय समिती गुल्मिकी उपप्रमुख तुल्सी कुमारी श्रेष्ठ रहनुभएको थियो ।कार्यक्रममा बोल्दै प्रमुख अतिथी श्रेष्ठले बिद्यार्थी, शिक्षक, कर्मचारी ,अभिभावक, राजनैतिक दल तथा शिक्षा प्रेमिहरुको अन्तरक्रिया बाट मात्र बिधालयको पठन पाठनमा सुधारका पक्ष आउने र गुणस्तर शिक्षा हासिल गर्ने कुरामा जोड दिनुभएको थियो ।बिधालयकि शिक्षीका सुनिता काफ्लेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा रुरु क्षेत्र गाउँपालिका वार्ड न १ का वार्ड अध्यक्ष रामलाल बिक, पालिका कार्यसमितीकि सदस्य भगवती बराल, रिडि माबिका प्रधानाध्यापक रोहित भन्डारी कार्यक्रममा विशिष्ट अतिथी रहनुभएको थियो ।
सस्कृत तथा साधरण माबिका प्रधानाध्यापक भोजराज गौतम, रुरु सस्कृत बिद्या पिठ का भरत भट्टराई, रिडि बहुमुखी क्याम्पस का रामप्रसाद ज्ञवाली, समाजसेबि माधब ज्ञवाली, पुर्ब अध्यक्ष सुरज गुरुङ, शिक्षक अभिभाबक सङघकी अध्यक्ष लक्ष्मी रजाली, लगायतले कार्यक्रममा चर्चा गर्दै आगमी दिनमा यो बिधालयले अझै गुणस्तर शिक्षा प्रदान गरोस भन्ने सुभकामना दिनुभएको थियो ।बिधालयमा राखिएको कोश बाट विविध बिधाका पुरस्कार बिद्यार्थीहरुलाई बितरण गरिएको थियो । कार्यक्रममा बिधालयका प्रधानाध्यापक बल बहादुर थापाले आर्थिक तथा प्रगती प्रतिबेदन पस्तुत गर्नुभएको थियो भने सन्चालन शिक्षिका प्रभा पराजुली ले गर्नुभएको थियो ।