अनिल खत्री
२१ पुस, गुल्मी – गुल्मीमा अभिभावक महासंघ गठन भएको छ ।
जिल्लाको सदरमुकाम तम्घासमा भएको जिल्ला भरिका अभिभावकहरुको प्रथम भेलाले कृष्णराज ज्ञवालीको अध्यक्षतामा ४१ सदस्यीय जिल्ला कार्य समिति गठन गरेको हो । जसको उपाध्यक्षमा धनेन्द्र शर्मा, महिला उपाध्यक्ष शान्ता पाण्डे, सचिव सञ्जीवनि अर्याल, मिना गौतम, कोषाध्यक्ष भगवती श्रीस चयन, सह–सचिव शन्तराम पोखरेल चयन हुनुभएको छ । ‘सम्पुर्ण अभिभावकको एकता, जीवन उपयोगी शिक्षा आजको आवश्यकता’ भन्ने मुख्य नाराका कार्यक्रम गरिएको थियो । भेलालाई सम्बोधन गर्दै रेसुङ्गा नगरपालिका गुल्मीका नगरप्रमुख डिल्लीराज भुसालले अभिभावकहरुको गठनले गुणस्तरिय शिक्षा प्रदान गर्न खबरदारी गर्नु पर्ने बताउनु भएको थियो । उहाले शिक्षा व्यपारिकण हुन नसक्ने बताउनु भयो । भेलामा अभिभावक महासंघ प्रदेश ५ का अध्यक्ष र छिमेकी जिल्लाहरुका अध्यक्षहरुको सहभागिता रहेको थियो ।