घनश्याम पौडेल
अर्घाखाँची, २१ पुस – मालारानी गाउँपालिकको आयोजना, युएसआईडीको आर्थिक सहयोग र लुम्बिनी सामाजिक विकास केन्द्रको साझेदारीमा सञ्चालित
सु–आहारा दोस्रो कार्यक्रम अन्तर्गत स्थानिय तहमा एकीकृत स्वास्थ्य तथा पोषण कार्यक्रमको दिगोपना सुनिश्चितता सम्बन्धी २ दिने कार्यशाला गोष्ठी कार्यक्रम मालारानी गाउँपालिकामा सम्पन्न भएको छ ।
उक्त गोष्ठीमा मालारानी गाउँपालिकाको दिर्घकालिन सोच, कृषि पशुपालन र पर्यटन विकासमा पुर्वाधार प्रविधि हस्तान्तरण र सहकारी समृद्धी मालारानीका मुल आधार हासिल गर्नको लागि गाउँपालिकालाई स्वस्च्छ सफा र पोषणयुक्त बनाइ समृद्ध नेपाल र सुखी नेपाली को अभियानलाई सफल बनाउन सामुहिक प्रतिबद्धता जाहेर भएको छ । प्रतिबद्धताहरुमा स्वास्थ्य क्षेत्र, कृषि तथा पशु सेवा, शिक्षा, खानेपानी तथा सरसफाइ, महिला तथा बालबालिका, शुसासन सम्बन्धी गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष लगायत कार्यपालिका सदस्यहरु, गाउँपालिकाका सम्पूर्ण शाखा प्रमुखहरु, स्वास्थ्य चौकी प्रमुखहरु द्धारा सामुहिक रुपमा प्रतिबद्धता पत्रमा हस्ताक्षर भएको छ ।कार्यक्रममा बोल्दै कार्यक्रमका अध्यक्ष तथा मालारानी गाउँपालिका अध्यक्ष बालकृष्ण शर्मा आचार्यले कार्यक्रमको सहजीकरणमा बिशेष भुमिका खेलेको भन्दै सुआहारा परिवारलाई धन्यबाद ज्ञापन गर्दै स्वास्थ्य सम्बन्धी सम्पूर्ण गतिबिधि पहिला आफैबाट सुरुवात गर्नुपर्ने बताए । उनले मालारानी गाउँपालिकालाई शिक्षा, स्वास्थ्य, पोषण र खानेपानी क्षेत्रमा समृद्ध बनाउने कार्य योजना तथा प्रतिबद्धता तयार भइसकेको स्पष्ट पारे ।
कार्यक्रममा समिक्षा गर्दै सहभागीलाई ५ समुहमा बिभाजन गरि कार्ययोजना निर्माण गर्ने जिम्मा दिइएको थियो । आ–आफ्नो समुहको तर्फबाट वडा अध्यक्ष शोभाखर भुसाल, नरेन्द्र कुमार बस्नेत, बिष्णु प्रसाद पोखरेल, विष्णु प्रसाद भुसाल बिनोद, का वा वडा अध्यक्ष सरसस्वता पाण्डेले उक्त कार्ययोजनामाथी प्रस्तुती दिनुभएको थियो , साथै कार्यक्रममा वडा नं ४ का वडा अध्यक्ष विष्णु प्रसाद पोखरेलले पोषण तथा खाद्य सुरक्षा सम्बन्धी प्रतिवद्धता पत्र समेत प्रस्तुत गरे । कार्यक्रममा सुआहारा दोस्रो कार्यक्रमका संयोजक कामना प्रधान, लुम्बिनी सामजिक विकास केन्दका फिल्ड संयोजक हरि प्रसाद पौडेल, सुआहाराका दिपेन्द्र पन्त, गणेश गिरी, दिवराज सर्मा, चन्द्र बहादुर पाण्डे, टेक बहादुर विक इन्दिरा आचार्य उपस्थिती रहेको उक्त कार्यक्रमको सहजीकरण लुम्बिनी सामाजिक विकास केन्द्रले गरेको कार्यक्रम स्वास्थ्य शाखा प्रमुख भविश्वर खनालको सञ्चालनमा सम्पन्न भएको सहकर्मी पत्रकार घनश्याम पौडेलले जानकारी दिएका छन।