काठमाडौ
पौष २२ – मङ्गलबार पश्चिमी क्षेत्रमा पानी पर्ने मौसमविद्ले बताएका छन् ।
पश्चिमी वायुको प्रभावले मङ्गलबार पश्चिममा पानी पर्ने र उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपात हुने मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो । पश्चिमी वायुका कारण मौसम बदली हुँदा आज नेपालका पश्चिमी क्षेत्र र भोलि राजधानी काठमाडौं लगायतका क्षेत्रमा पानी पर्ने पूर्वानुमान गरिएको छ। इरान र अफगानिस्तान हुँदै जम्मु–कश्मीरमा विकसित भएर नेपाल छिरेको यो चिसो वायुले आज उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिउँ समेत पार्नेछ। पश्चिमी वायु अहिले सुदुरपश्चिम क्षेत्रबाट पूर्वतर्फ सरिरहेको छ।यो प्रणाली आउँदो शुक्रबारसम्मै रहने भएकाले चिसो अझै बढ्ने उहाँले बताउनु भयो । पश्चिमी न्युनचापीय प्रणाली भित्रिएसँगै वर्षा र हिमपातको संभावना रहेको र यसकै कारण देशभर जाडो बढ्ने हुनाले चिसोबाट जोगिने उपाय अपनाउन विभागले अनुरोध गरेको छ।