हुमाकान्त पोखरेल,
गुल्मी ,२३ पौष – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थीहरुको संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) गुल्मीको संगठन विस्तार अभियानले तिब्रता पाएको छ ।
पौष २० गतेबाट सुरु भएको संगठन विस्तार अभियानअन्तरगत हालसम्म आठवटा विद्यालयमा नौ वटा कमिटी गठन गरिएको छ । इस्मा गाउँपालिका ४ स्थित रामराज्य माध्यमिक विद्यालयमा कक्षा ११ र १२ का विद्यार्थीहरु सम्मिलित ३९ सदस्यिय अनेरास्ववियूको गठन गरिएको छ । जसको अध्यक्षमा आर्जु विष्ट, सचिवमा राधा नेपाली लगायत अन्य सदस्य रहेका अनेरास्ववियू गुल्मीका संगठन विभाग प्रमुख नविन अर्यालले जानकारी दिए । सोहि विद्यालयमा नै कक्षा ९ र १० का विद्यार्थीहरु सम्मिलित ९० सदस्यिय अनेरास्ववियूको कमिटी गठन गरिएको छ । जसको अध्यक्षमा अर्जुन कुँवर र सचिवमा गोकर्णराज घर्ती लगायत अन्य सदस्यहरु रहेका छन् ।
त्यस्तै इस्मा गाउँपालिका ३ दर्लामचौरस्थित ठाढुङ्गा माध्यमिक विद्यालयमा मनिष भुसाल अध्यक्ष र विपिन घिमिरे सचिव रहने गरी ४५ सदस्यिय अनेरास्ववियूको गठन गरिएको अर्यालले जानकारी दिए । मदाने गाउँपालिका १ अग्लुङस्थित रघुफेदी निमा प्रतिमान माध्यमिक विद्यालयमा निशाना चन्दको अध्यक्षतामा ४९ सदस्यिय कमिटीको गठन गरिएको छ । जसको अध्यक्षमा निशाना चन्द, सचिवमा प्रशान्त चन्द, कोषाध्यक्षमा मिलन पुन लगायतका अन्य सदस्यहरु रहेका छन् भने अग्लुङ माध्यमिक विद्यालयमा ९१ सदस्यिय अनेरास्ववियूको गठन गरिएको छ । जसको अध्यक्षमा मदन चन्द, सचिवमा सम्झना गिरी तथा कोषाध्यक्षमा मधु राउत लगायतका अन्य सदस्यहरु रहेको संगठनका जिल्ला सचिवालय सदस्य तथा अनेरास्ववियू मदाने गाउँपालिकाका संयोजक रमेश पाण्डेयले जानकारी दिए ।
अनेरास्ववियूले पौष २० गते मदानेकै महलेपोखरी मावि र पृथ्वी माविमा ३१÷३१ सदस्यिय कमिटीको गठन गरेको संगठनका जिल्ला सचिवालय सदस्य एवम् संगठन विभाग उप–प्रमुख राजन केसीले जानकारी दिए । साविकको एमालेनिकट अनेरास्ववियु र माओवादी केन्द्र निकट अनेरास्ववियु (क्रान्तिकारी)को एकतापछि बनेको अनेरास्ववियूको संगठन विस्तार अभियान लामो समयदेखि रोकिएको थियो । तर यहि पौष १० गते बसेको अनेरास्ववियू जिल्ला कमिटीको बैठकले संगठन विस्तार अभियानलाई निरन्तरता दिने निर्णय गरेको संगठनका जिल्ला सदस्य एवम् मदाने गाउँपालिका सह–संयोजक गोपाल भण्डारीले बताए ।