कठमाडौ
पुष २३ – आज र भोलि वर्षा र भारी हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने छ। देशका पश्चिमी भू-भागहरुमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू९भागहरूमा आंशिक देखि सामान्य बदली रहने जनाएको छ ।पश्चिमी वायूको प्रभावस्वरुप सामान्य वर्षादेखि हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावना रहेको जनाएको छ ।महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्य बदली रही पश्चिमका केही स्थानहरुमा र मध्य र पूर्वका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भू९भागका केही स्थानहरुमा मध्यमदेखि भारी हिमपात हुने सम्भावना रहेको छ।आज राति देशभर सामान्य बदली रही पश्चिमका केही स्थानहरुमा र मध्य र पूर्वका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा मध्यम देखि भारी हिमपात हुने सम्भावना रहेको छ।
मौसम बदली बिहीबार पनि रहने छ। बिहीबार दिउँसो देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै, उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा मध्यमदेखि भारी हिमपात हुने सम्भावना रहेको छ। यो क्रम राति पनि रहने छ। केही दिनदेखि बदली रहेको मौसम शुक्रबार रातिदेखि भने सुधार आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तर, शुक्रबार दिउँसो देशका पूर्वी र मध्य पहाडी भू–भागमा सामान्य बदली रही केही ठाउँमा हल्का वर्षाको सम्भावना रहकोछ। बाँकी स्थानहरुमा भने मौसम सामान्यतया सफा रहनेछ। देशभर जाडो बढ्ने हुनाले चिसोबाट जोगिने उपाय अपनाउनुहुन महाशाखाले सबैमा अनुरोध गरेको छ ।