पुष २२
चुरामणी तिमलसेना
अस्लेवा गुल्मी
जनता माध्यमिक बिधालय सत्यबति गाउँपालिकाक वार्ड न १ अस्लेवाले ३ दिने कार्यक्रम गरि ५३औ बार्सिउत्सब समारोह सम्पन्न गरेको छ ।
बिधालय ब्याबासथापन समितिका अध्यक्ष बलाराम अधिकारीको अध्यक्षता रहेको कार्यक्रममा सत्य बति गाउँ पालिकाका अध्यक्ष पारिसोर ढकाल प्रमुख अतिथी रहनुभयको थियो । सत्यबति गाउँपालिका वार्ड १ का वार्ड अध्यक्ष भिमलाल पान्डे समाजसेबि चिन्तामणी पान्डे टिकाराम पान्डे कार्यक्रममा विशिष्ट अतिथी रहनुभयको थियो । बिधालयका सहायक प्रधानाध्यापक चिरन्जिबी ज्ञवालीले स्वागत मन्तव्य राखनु भयको थियो । कार्यक्रममा पुर्ब बिद्यार्थी सन्तोष गौतम अर्जुन कनौजे समाजसेबि कृष्ण पान्डे बिद्यार्थी बिष्णु कुवर क्षितिज पान्डे अभिभाक पत्रकार शिक्षक राजनितिक दल लगायतले बिधालयलाइ सुभकामना दिनु भयको थियो ।
कार्यक्रममा प्रमुख अतिथी ढकालले अबको समयमा आधुनिक शिक्षा सङग प्रतिस्पर्धा गरेर अगाडी बढ्नुपर्ने र पालिकाको तर्फबाट यस बिधालयलाइ भौतिक पुर्बधार को लागि सबै सहयोग गर्ने प्रतिबद्धता जनाउभयो । कार्यक्रममा अभिभाक बिद्यार्थी शिक्षक कर्मचारी लगायतलाई सम्मान गरियको थियो ।समारोहमा बिद्यार्थीले निर्माण गरेका बिज्ञान सामाग्री समेत प्रदसनी गरिएको थियो । कार्यक्रममा विभिन्न बिधाका पुरस्कार बितरण गरियको थियो । कार्यक्रमा बिधालयका प्रधानाध्यापक युगराज पाण्डे ले करिब १करोड ७० लाखको बराबरको प्रतिबेदन प्रस्तुत गर्नुभयको थियो । कार्यक्रम सन्चालन शिक्षक बिष्णु पान्डेले गर्नुभएको थियो ।