पुष २३
छत्रकोट ४ श्रृङ्गा
श्रृङ्गाजनता माध्यमिक बिध्यालय छत्रकोट ४ श्रृङ्गा गुल्मीमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिध्यार्थी यूनियन गठन गरिएको छ ।
बिध्यार्थी संगठन बिस्तारको कार्यक्रम अन्तर्गत श्रृङ्गाजनता मा बिमा, बिध्यार्थी प्रकाश सुनारको अध्यक्षतामा २० सदस्य अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिध्यार्थी यूनियन गठन गरिएको हो ।
यूनियनमा क्रमस सन्ध्या पन्थ र रञ्जित पन्थ उपाध्यक्ष, अप्सरा न्यौपाने सचिब, अर्जुन बि क र अबिशेक कडेल सह सचिब, सन्दिप कडेल कोषाध्यक्ष सहित २० सदस्य चयन हुनु भएको छ ।
बिध्यार्थी यूनियन गठन समारोहको अध्यक्षता बिध्यार्थी नेता राम बहादुर कडेलले गर्नु भएको थियो । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपा छत्रकोट गाँउपालिका अध्यक्ष राम प्रसाद पण्डेय प्रमुख अतिथी हुनुहुन्थ्यो । कार्यक्रममा नेकपा छत्रकोट सचिवालय सदस्य रबी कडेल, प्रशिक्षण बिभाग उपप्रमुख किसन पाण्डेय, अनेरास्बीयु जिल्ला सदस्य दानु श्रेष्ठ र सुमन ज्ञवाली, छत्रकोट युवा संघ सदस्य झबिन्द्र कार्की,छत्रकोट अनेरास्बीयु सदस्य उदय ज्ञवाली लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रम अनेरास्बीयु जनजाती प्रमुख बालेन श्रेष्ठले संचालन गर्नु भएको थियो ।
्