अनिल खत्री
२५ पुस, गुल्मी – गुल्मीमा ०७२ सालमा गएको भुकम्पमा कुल बिद्यालय मध्ये १ सय ९४ वटा बिद्यालयका ९ सय ५ वटा कक्षा कोठाहरु निर्माण गर्न बाकी रहेको तथ्याङ्कमा उल्लेख छ ।
भूकम्पबाट जिल्लामा ३ सय ११ बाटा बिद्यालयका १२ सय ५२ वटा कक्षा कोठाहरु क्षती भएको जिल्ला आयोजना कार्यन्वयन इकाइ शिक्षा गुल्मीका प्रमुख पिताम्बर पन्थीले बताए । कुल बिद्यालयहरु मध्ये ५२ वडा बिद्यालयका १ सय ५२ कक्षा कोठाहरु निर्माण भइसमेका छन् । अबको १ महिना भित्र २२ बिद्यालयका १ सय ६८ कक्षाकोठाहरु निर्माण हुँदैछन् । त्यसमध्ये ४३ वटा बिद्यालयका १ सय २७ कक्षाकोठाहरु र ३४ वटा शौचालयहरु ०७७ असारमसान्त सम्म सम्पन्न हुने क्रममा छन् । राष्ट्रिय पूनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यन्वयन इकाइ शिक्षा मार्फत निर्माण भएका भवनहरुको २ कोठे भवन निर्माणको लागि २३ लाख ९० हजार, ३ कोठे भवन को लागि ३५ लाख ७० हजार, ४ कोठे भवनको लागि ७० लाख ४० हजार र शौचालय निर्माणको लागि १५ लाख रकम दिने गरेको छ ।