अनिल खत्री
२६ पुस, गुल्मी -बैंकहरुबाट प्रदान गरिने सेवा प्रवाहको बारेमा जानकारी दिने उदेश्यले गुल्मीमा पहिलो पटक स्थानीय तहका जनप्रतिनिधीसँग कार्यक्रम गरिएको छ ।
शुक्रवार जिल्ला सदरमुकाम तम्घासमा राष्ट्रिय वाणिज्य बैंक गुल्मी तम्घास शाखा कार्यालय गुल्मीको आयोजनामा रेसुङ्गा नगरपालिका गुल्मीका जनप्रतिनिधीहरु र कर्मचारीलाई वित्तिय साक्षरता कार्यक्रम राखिएको हो ।बैंकले जिल्लाको सदरमुकाम तम्घासमा संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत वित्तिय सारक्षता कार्यक्रम गरेको बैंकमा शाखा प्रमुख गुडानिधी भुसालले बताए । ‘समृद्धिसँग जोडौँ नाता, सबै नेपालीको बैंक खाता’ भन्ने नाराका साथ राष्ट्रिय वाणिज्य बैंकले प्रदान गर्ने वित्तिय सेवाहरुका बिषयमा सहभागीहरुलाई जानकारी गराईएको थियो । बैंकले गर्ने बिभिन्न बित्तिय अबस्थाहरुको बारेमा बैंकका सहायक प्रमुख बिजया कर्मचार्यले जानकारी गराएका थिए । कार्यक्रममा नोट लाई कसरी सुरक्षित र नक्कली नोटलाई कसरी चिन्ने भन्ने बिषय सोहि बैंकका क्यासियर कृष्ण पण्डेले जानकारी गराएका थिए ।
कार्यक्रममा रेसुङ्गा नगरपालिका गुल्मीका प्रमुख डिल्लीराज भुसालले राष्ट्रिय बाणिज्य बैंक जनताको बैंक रहेको बताए । उनले नाफा भएपनि सरकारलाई फाइदा हुने र घाटा भएपनि सरकारलाई हुने भएकाले यो बैंक जनताको बैंक रहेको बताए । पहिले अन्य बैंकहरु नहुदा कठिनपूर्ण अबस्थाबाट सेवा प्रदान गर्दै आएको बैंक हाल प्रबिधिीमैत्री सेवा सहित छिटो छरितो सेवा प्रवाह गरेकोमा धन्यवाद समेत दिए । नगरप्रमुख भुसालले सरल र सुरक्षित सेवा प्रहावको निम्ति बिश्वशनिय सेवा रहेको बताए ।उनले अबको आर्थिक विकास कृषिबाट मात्रै गर्न सकिने भएकाले बैङ्कहरुले कर्जा प्रवाह गर्ने र स्थानीय सरकारले कृषि उपजको ग्यारेन्टी गर्ने योजना बनाउनु पर्ने बताए । कार्यक्रममा जनप्रतिनिधीले बैंकले दिने सेवा प्रवाहमा छिटो छरितो र नम्र व्यवहार हुनुपर्नेमा जोड दिएका थिए । कार्यक्रमको सहजीकरण बैंकका कर्मचारी राधिका खवासले गरेकी थिइन् ।