गुल्मी,
पुष २६ – किराँतेश्वर महादेव शिवालय मन्दिर धुर्कोट गाउँपालिका ५ वस्तु राताचौर गुल्मीको आठौँ साधारणसभा तथा बृहत् भजनकृतन कार्यक्रम सम्पन्न भएको छ ।
मन्दिर प्राङ्गणमा एक कार्यक्रमको आयोजना गरि आठौँ साधारणसभा तथा बृहत् भजनकृतन कार्यक्रम शुक्रबार भव्य रूपमा सम्पन्न भएको हो ।कार्यक्रममा मन्दिरको वार्षिक प्रतिवेदन तथा वार्षिक गतिविधि सचिव नन्दराम भण्डारीले प्रस्तुत गर्नुभएको थियो । त्यस्तै आर्थिक वर्ष २०७५र७६ को करिब ११ लाख ९५ हजार ५ सय ३६ रूपैयाँ बराबरको आय व्यय कोषाध्यक्ष चन्द्रमणि पाण्डेले प्रस्तुत गर्नुभएको थियो ।सभामा बोल्दै प्रमुख अतिथि धुर्कोट गाउँपालिका वडा नं ५ का वडाध्यक्ष ढुण्डिराज भण्डारीले मन्दिरले पुराना धर्म संस्कृतिको संरक्षण गर्दै प्रत्येक महिनाको पुर्णिामामा भजन कृतन, संस्कृत पाठशालाको स्थापना जस्ता उदाहरणीय कार्य गरेको भन्दै यो मन्दिर धुर्कोट गाउँपालिकाकै धार्मिक स्थलको रूपमा विकास भएको बताउनुभयो ।
कार्यक्रममा मन्दिरलाई विभिन्न माध्यमबाट सहयोग गर्ने सहयोग दाताहरूलाई सम्मान समेत गरिएको थियो । प्रत्येक महिनाको पुर्णिामामा जस्तै गरिएको बृहत भजन कृतन कार्यक्रममा भक्तजनहरू रमाउनुभएको थियो । कार्यक्रममा धुर्कोट परमानन्द भण्डारी बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख मोतिलाल शर्मा भण्डारी, समाजसेवी ढुण्डिराज भण्डारी, वडा सदस्य विष्णुमाया भण्डारी, भजन मण्डलीका अध्यक्ष यमलाल घिमिरे, कालिका मन्दिर वस्तुका अध्यक्ष भुपाल भण्डारी, आकासेदेवि मन्दिरका अध्यक्ष छविलाल भण्डारी, राजनीतिक दलका पाटि प्रतिनिधि, सुरक्षा निकायका प्रमुख, पत्रकार, समाजसेवी बुद्धिजीवी, व्यक्तित्वहरूको उपस्थिति रहेको थियो, मन्दिर सञ्चालन समितिका सदस्य ढुण्डिराज पाण्डेको स्वागत मन्तव्य वाट सुरू भएको कार्यक्रम मन्दिर सञ्चालक समितिका अध्यक्ष हुमलाल भण्डारीको सभापतित्व तथा सचिव नन्दराम भण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो ।