पुष २५
छत्रकोट गाँउपालिका गुल्मी
छत्रकोट गाँउपालिका गुल्मी र टोखा नगरपालिका काठमाण्डौ बिच भगिनी सम्बन्ध स्थापित भएको छ ।
छत्रकोट गाँउपालिकाको पहलमा दुबै पालिका बिच भगिनी सम्बन्ध स्थापित भएको हो ।
शुक्रबार छत्रकोट गाँउपालिका गुल्मीको तर्फ बाट गाँउपालिका अध्यक्ष मधुकृण पन्त र टोखा नगरपालिका काठमाण्डा तर्फ बाट मेयर प्रकाश अधिकारीले संयुक्त हस्ताक्षर गरि भगिनी सम्बन्ध स्थापित भएको हो ।

मैत्री पुर्ण सम्बन्ध घोषणाको लागि टोखा नगरपालिका काठमाण्डौ बाट मेयर प्रकाश अधिकारीको नेतृत्वमा ३५ सदस्य जनप्रतिनिधीको टोली बिहिबार छत्रकोट गाँउपालिका आएको थियो । टोलीलाई बाजागाजा सहित बिशेष स्वागत गरिएको थियो ।
संयुक्त हस्ताक्षर सामारोहमा, नेपाल भ्रमण बर्ष २०२० को अवसरमा आन्तरिक पर्यटन बिकास र ब्यवसायिक तथा सांस्कृतिक साझेदारीको लागि दिगो भगिनी सम्बन्धको महत्वपुर्ण भुमिका हुने छत्रकोट गाँउपालिका अध्यक्ष मधुकृण पन्त र टोखा नगरपालिका काठमाण्डौका मेयर प्रकाश अधिकारीले संयुक्त भनाई राख्नु भएको थियो ।
छत्रकोट गाँउपालिका गुल्मीको कृषि उपजको दिगो बजार टोखा नगरपालिका काठमाण्डौ हुन सक्ने सम्भावनाका बिषयमा पनि समारोहमा छलफल भएको थियो । खुदो र गुणको बजारिकरणमा पनि टोखा नगरपालिका ऐतिहासिक रुपमानै स्थापित छ । टोखामा उखु बाट निर्मित चाकुको ठुलो बजार रहेको छ ।
भगिनी सम्बन्ध स्थापित संयुक्त हस्ताक्षर सामारोहमा उपाध्यक्ष नर्मदा भण्डारीले स्वागत गर्दै निमन्त्रणा स्विकार गरि भगिनी सम्बन्ध स्थापित गर्दै छत्रकोट गाँउपालिकाको भ्रमण गरेकोमा जनप्रतिनिधीको टोली र टोखा नगरपालिका लाई धन्यबाद ज्ञापन गर्नु भएको थियो ।
कार्यक्रम गाँउपालिकाको प्रमुख प्रमुख प्रशासकिय अधिकृत भेषराज पन्थले संचालन गर्नु भएको थियो ।
टोलीले गाँउपालिकाको कृषि फर्महरु पर्यटकिय स्थल र आदर्श मा बि दिगामको अवलोकन गरेको थियो । आदर्श मा बि दिगाममा स्वागत गर्दै, बिद्यालयको बारेमा प्रअ गुणाकर ज्ञवालीले जनकारी गराउनु भएको थियो कार्यक्रम सहायक प्रअ टंक पन्तले संचालन गर्नु भएको थियो । कार्यक्रमको अध्यक्षता बिद्यालयका अध्यक्ष बिन बहादुर रानाले गर्नु भएको थियो । मेयर प्रकाश अधिकारीले सामुदाईक बिद्यालयको शैक्षिक गुणस्तर बृद्धिको लागि टोखा नगरपालिका र छत्रकोट गाँउपालिकाको सामुदाईक बिद्यालयको अनुभब आदान प्रदान गर्न सकिने बताउनु भएको थियो । टोखा नगरपालिका काठमाण्डौको भ्रमण टोलीले छत्रकोट गाँउपालिकाको अतिथी स्वागतको कार्यक्रमको प्रशंसा गरेका थिए । मेयर प्रकाश अधिकारीले छत्रकोट गाँउपालिकाको जनप्रतिनिधीको टोलीलाई टोखामा निमन्त्रणा गर्नु भएको छ ।
यस कार्यक्रमले गुल्मीको कृषि उपजको दिगो बजार र ब्यवसायिक तथा सांस्कृतिक साझेदारीमा महत्वपुर्ण हुने देखिन्छ ।