सागर परियार
२६ पौष – सुशासनका लागि सामाजिक चिन्तनमा नै सुधार ल्याउनुपर्नेमा अर्घाखाचीका सरोकारवालाको जोड दिएका छन ।
अशिक्षा, बेरोजगारी तथा गरिबीले झागडिएको समाजमा भ्रष्टाचार समेत मौलाउदै गएको भन्दै एकीकृत ग्रामीण विकास समाज अर्घाखाँचीको आयोजनामा भएको सुशासन प्रर्बद्धनमा सरोकारवालको भूमिका बिषयक अन्र्तक्रिया कार्यक्रममा सरोकारवालाले सो कुरा बताएका हुन । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेलले भ्रष्टाचार निवारण गर्ने दायित्व राज्य, नागरिक समाज लगायत सबै पक्षको भएको बताउनुभयो । प्रजिअ पौडेलले जिल्लामा कुनै पनि क्षेत्रमा अनियमितता तथा बेथिति देखेमा उजुरी दिन सबैलाई आग्रह पनि गर्नुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष हिमबहादुर जिसीले सुशासनका लागि अन्तर मनदेखिको प्रतिबद्धता जरुरी रहेको बताउनुभयो । प्रदेश सदस्य शोभाखर पन्थीले देशमा शिक्षा, स्वास्थ्य निशुल्क व्यवस्था भए भ्रष्टाचार घट्ने बताउनुभयो । गैरसरकारी संस्था महासंघका जिल्ला अध्यक्ष ठाकुर अधिकारीले स्थानीय तहलाई पारदर्शी बताउनुपर्नेमा जोड दिनुभयो ।
पत्रकार महासंघका प्रदेश सदस्यहरु प्रेमनारायण आचार्य, अशोक खनाल, अनुसन्धान अधिकृत चिरञ्जिबी बुढा लगायतको आथित्यता रहेको कार्यक्रममा पाणिनि बहुमुखी क्याम्पसका सह–प्राध्यापक सुरज शारुले सुशासन प्रर्बद्धनमा सरोकारवालाको भूमिका बिषयमा कार्यपत्र पेश गर्नुभएको थियो । कार्यक्रममा एकीकृत ग्रामीण विकास समाजका अध्यक्ष हृदयकुमार भुसालको अध्यक्षता, सुशासन प्रर्बद्धनका लागि जिल्ला स्तरीय नागरिक सञ्जालका जिल्ला संयोजक फर्सुराम पाण्डेको स्वागत मन्तब्य र संस्थाका जिल्ला कार्यक्रम अधिकृत बसन्त श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो ।