माघ १
रुरु गाउँपालिका
रुरुक्षेत्र गाउँपालिका र कृषि ज्ञान केन्द्र गुल्मीको आयोजनामा कृषि प्रर्दशनी सुरु भएको छ । माघे संक्रान्तिको अवसरमा जिल्ला स्तरिय कृषि उपज प्रर्दशन रिडिको खेल मैदानमा सुरु गरिएको छ । प्रर्दशनी माघ ३ गते सम्म चल्ने छ ।
प्रर्दशनिमा स्थानिय कृषकहरुले आफ्ना उत्कृषट उत्पादन र बोयर जातका बोकाहरु प्रर्दशनिमा राखिएको छ । कार्यक्रमको उद्घाटन गदै प्रदेश सांसद एंव बिशेषाधिकार समितिका संयोजक कमलराज श्रेष्ठले कृषिमा यान्त्रीकरण गर्नुपर्ने र यस्ता प्रदर्शनीले कृषकको मनोबल बढाउने भएकोले ब्यवहारिक लाभ हुने गरि कार्यक्रम गर्नुपर्ने बताउनुभएको थियो ।
कार्यक्रमका अध्यक्ष एवं रुरुक्षेत्र गाउँपालिकाका प्रमुख निलकण्ठ गौतमले कृषकले इमान्दारिताका साथ कृषि गरे कृषिले नै धेरै सम्बृद्धि सफल हुने बताउनुभयो । कार्यक्रमको रोमाकान्त पाण्डले संचालन गर्नुभएको थियो ।
कार्यक्रमको रुरु एफ एमले प्रत्यक्ष प्रसारण समेत गरेको थियो ।