गुल्मीमा जडिबुटी उद्यान केन्द्र सञ्चालन गर्ने पहिलो स्थानिय सरकार ईस्मा
प्रेम सुनार
माघ –३
गुल्मीका १२ वटा स्थानिय तह मध्ये जडिबुटी उद्यान सञ्चालन गर्ने पहिलो स्थानिय सरकार ईस्मा गाउँपालिका बनेको छ । उसले सो गाउँपालिकाको वडा नम्वर ५ , ईस्मारजस्थलस्थित देशाल पुज्ने सार्कीपाटा सामुदायिक वनमा विहिवार देखि २.५४ हेक्टर क्षेत्रफलमा जडिबुटी उद्यान केन्द्र सञ्चालनमा ल्याएको हो ।
जडिबुटी उद्यान केन्द्रको प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातवरण मन्त्री लिला गिरीले भब्य समारोहका विच उद्घाटन गरेका हुन् । उक्त क्षेत्रफलमा तारजालीले कम्पाउण्डिङ्ग गरि त्यस भित्र संसार मै सबै भन्दा महँङ्गो वनस्पति अगरउड, रुद्राक्ष सहित विभिन्न २८ प्रजातिका करिव ११ सय जडिबुटीका विरुवाहरु रोपिएको छ ।
केन्द्र भित्र १० हजार लिटरको पानी ट्याङकी मार्फत सिंचाईको व्यवस्था गरिएको छ । प्रदेश सरकारकाृे करिव १ करोड लागतमा सुरु गरिएको जडिबुटी उद्यान केन्द्रमा सु्चना केन्द्रको भवन , एउटा देशान्तरि माईको मन्दिर समेत निर्माण गरिएको छ । यस क्षेत्र वरपर रहेका खाली र ब्यक्तिका बाँझो जग्गा वनमाराले ढाकिएको क्षेत्रमा लप्सी , ओखर , टिमुर र चिउरी जस्ता ब्यवसायिक महत्वका प्रजाति रोपणका लागि उद्यान केन्द्र भित्र नर्सरी स्थापना विरुवा रोपण र वितरण समेत गरिने कार्यनीति अगाडी सारिएको ईस्माका प्रमुख प्रशासकिय अधिकृत चन्द्रकान्त बस्नेतले जानकारी दिए ।
उनका अनुसार मध्ये पाहडी क्षेत्रमा पाईने र बढि ब्यवसायिक महत्व भएका जडिबुटि तथा ग्रैहकाष्ठ वन पैदावारको प्रदर्शन एवं सुचना प्रवाह गरि जडिबुट एवं ग्रैह काष्ठ वन पैदवारको नीजि क्षेत्र संगको सहकार्यमा ब्यवसायिककरण गर्नु र जडिबुटी पर्यटनमा समेत सहयोग पुराउनु त्यस वनस्पति उद्यानको मुख्य उद्देश्य हो ।
डिभिजन वन कार्यालयका प्रमुख प्रभात सापकोटाका अनुसार सल्यानको कपुरकोटमा रहेको वनस्पति अनुसन्धान केन्द्रको अध्यानमा पुगेर सोही अनुरुपको जडबुटि उद्यान केन्द्र ईस्मामा सञ्चालनममा ल्याईएको हो । उनले ब्यवसायीक जटिबुटी उद्यानको लागि जिल्ला मै पहिलो अध्यान केन्द्र समेत हुने र पर्यटन विकासमा समेत यसले टेवा पुराउने छ । त्यस सामुदायिक वन उपभोक्ता समितिका सचिव ईश्वरी अर्यालका अनुसार ढल निकासका लागि पक्की नाली निर्माण , एक किलो मिटर क्षेत्रमा तारवार गरिएको छ ।
उद्घाटन समारोहलाई सम्वोधन गर्दै मन्त्री गिरिले युवाहरुलाई स्वदेश मै रोजगारी सिर्जना गर्ने प्रदेश सरकारले विभिन्न कार्यक्रम अगाडी सारेको बताए कार्यक्रममा प्रदेश सांसद खड्क केसी , जिल्ला समन्व्य प्रमुख लक्ष्मण पराजुली , मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटा , मदाने गाउँपालिका प्रमुख दानबहादुर केसी, ईस्मा गाउँपालिका उपप्रमुख विमला खत्री, जिल्ला समन्व्य सदस्य राम मल्ल ठकुरी , नेकपाका जिल्ला पार्टी सचिव वीरबहादुर कार्की । स्थानिय समाज सेवी रामप्रसाद पन्त लगायतको आतिथ्यता थियो ।
गर्जिए गाउँपालिका प्रमुख
हामीले ईस्मालाई नमुना गाउँपालिका बनाउनका लागि अहोरात्र खट्दै आएका छौं , धेरै राम्रा कामहरु पनि भएका छन । तर यस ईस्माका केहि मित्रहरु खाली जे कुरामा पनि भ्रष्टचार भयो भन्दै जनतामा भ्रम छर्दै आउनु भएको छ ।
मलाई लाग्छ ति मित्रहरुको सरकारमा छँदा खेलोखेती नै भ्रष्टचार रहेछ भन्ने उहाँहरुको प्रबृत्तिले स्पट पार्छ । आफ्नो पालमा भ्रष्टचारको खेलोखेती गर्ने भएरै होला उहाँहरुले हामीलाई भ्रष्टचार भयो भन्दै हिड्नु हुन्छ ।
हामी विरुद्ध अख्तियारमा सबै भन्दा बढि मुद्धा परेका छन । सबै खाए अरे , एथेष्ट प्रमाण खोजेर बोल्नुहोस् मित्रहरु , हाम्रो धै¥यताको बाँध फुटी सकेको छ । अन्यथा हामी पनि तपाईहरुका विगतका कर्तुतहरु खोज्न्न बाध्य हुनेछौं । उनले यस उद्यानको एक करोड समेत खाए भन्दै केहि मित्रहरु हिडेको भन्दै त्यस्ताहरुलाई जिल्ला मै पहिलो पटक ईस्मामा नमुना उद्यान केन्द्र बनाएर झापट दिएको बताए ।
जिल्लामै पहिलो पटक जटिबुटी उद्यान केन्द्र सञ्चालनमा ल्याउनु ईस्मालीहरुका लागि गौरवको कुरा भएको बताउँदै उनले मन्त्री गिरि प्रति आभार प्रकट गरे । देशाल पुज्ने सार्कीपाटा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष खडानन्द भण्डारीको अध्ययक्षता रहेको कार्यक्रममा डिभिजन वन कार्यालय प्रमुख प्रभात सापकोटाको स्वागत मन्तब्यर र कोषाध्यक्ष नारायण पैयानीको सञ्चालन रहेको थियो ।