पुष ४
रिडी
अटिजम पाठशाला रुरुक्षेत्र गाउँपालिका गुल्मीको कार्यालय ब्यवस्थापन सम्बन्धि ३ दिने अभिमुखिकरण तालिम सम्पन्न भएको छ ।

समापन समारोहमा प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवि पन्थले पाठशालाको कार्यालय ब्यवस्थापनको लागी प्रदेश, संघ र गाउँपालिकामा प्रस्ताव गर्ने बताउनुभयो । पाठशालालाई अन्य कुनै बिद्यालयको माताहतमा राखी अटिजम भएका बालबालिकालाई निरन्तर जीवन उपयोगी शिक्षा सिकाउने ब्यवस्था मिलाउने उद्देश्य गाउँपालिकाको रहको बताउनुभयो ।
कार्यक्रमको अध्यक्षता पाठशालाका अध्यक्ष अमृता भण्डारीले गर्नुभएको थियो । कार्यक्रममा नेपाल राष्ट्रिय अपाङ्गता महासंघ प्रदेश नम्बर ५ का महासचिव होमनाथ अधिकारी र गोपी भण्डारीले सहजीकरण गर्नुभएको थियो ।
नेपाल नेत्रहिन महांसघका सचिव मुक्ति पाण्डेको बिशेष आतिथ्यता रहेको कार्यक्रममा सहभागीहरु रीता पाण्डे पौड्याल,बिमला परिमा र रेनुका पन्थी शुभकामना मन्त्ब्य राख्नुभएको थियो । कार्यक्रममा अटिजम पाठशालाका संस्थापक अध्यक्ष बिष्णु भण्डारीले स्वागत गर्नुभएको थयो ।
२०७४ सालमा स्थापना भएको पाठशालामा स्थानिय १४ जना अटिजम भएका बालबालिकाले जीवन उपयोगी तालिम लिइरहेका छन । पाठशालालाई सघिंय सरकारबाट १० लाख अनुदान र रुरुक्षेत्र गाउँपालिकाकाृ निरन्तर सहयोग रहेको छ । अभिमुखिकरण तालिम ब्यवस्थापन एबिलिन फिनल्याण्डले गरेको थियो ।